मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

स्ववियु निर्वाचन प्रक्रिया शुरू, ऐरावती क्याम्पस लालमटियामा ७ संगठन दर्ता, नेवी संघले गर्यो सुरुमा विध्यार्थी संघको दर्ता

देउखुरी । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन नजिकिए संगै जिल्लाका क्याम्पसहरुको चहलपहल वढ्न थालेको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि सबै विद्यार्थी संगठनहरूले आ-आफ्नो तयारी थालेका हुन् ।

त्यसै गरि जिल्ला भित्र रहेको ऐरावती आदर्श बहुमुखी क्यापस लालमटियामा छुट्टाछुट्टै रुपमा ७ संगठन दर्ता गराएका छन् । स्ववियु चुनावका लागि निर्वाचन कार्यालयले ३ बजेसम्म विद्यार्थी संगठन दर्ता गर्ने समय तोकेको थियो । सोही अनुसार नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल विध्यार्थी संघले सुरुमा विध्यार्थी संघ दर्ता गरेको निर्वाचन अधिकृत आनन्दकुमार लामिछानेले जानकारी दिए ।

अनेरास्ववियु, अनेरास्ववियु छैठौँ, स्वतन्त्र विद्यार्थी समुह, अखिल क्रान्तिक्रारी (माओवादी केन्द्र, अखिल क्रान्तिक्रारी (बैद्य, अखिल क्रान्तिक्रारी -विप्लप) गरी ७ संगठन दर्ता गरेका छन ।

निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गराउनुपर्ने हुन्छ ।

स्ववियु चुनावका लागि चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान समय तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation