सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

पाँचौं राप्ती लुम्बिनी प्रादेशिक महोत्सब २०७९ उद्घाटन, भालुवाङमा स्वर्गद्धारी स्वागतगेट निर्माण गर्ने मन्त्री यादवको प्रतिबद्धता

भालुवाङ । राप्ती उद्योग वाणिज्य संघ भालुबाङले आयोजना गरेको पाँचौं राप्ती लुम्बिनी प्रादेशिक कृषि, पर्यटन तथा व्यापारिक महोत्सब २०७९ को उद्घाटन गरिएको छ ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान पाँचौं राप्ती लुम्बिनी प्रादेशिक कृषि पर्यटन तथा व्यापारिक महोत्सब २०७९ को शान भन्ने मुल नारा सहित आज फाल्गुन १९ गते देखि चैत्र १ गते सम्म चल्ने सो महोत्सवको उद्घाटन प्रमुख अतिथि एवं लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री माननीय जनकीलाल यादवले पानसमा मैन बत्ती बालेर गर्नु भयो ।

आफ्नो उद्घाटन मन्तब्यमा उहाँले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको मुख्य व्यापारिक केन्द्र रहेको भालुबाङमा राप्ती उद्योग वाणिज्य संघ भालुबाङले यो महोत्सब राखेर लुम्बिनी प्रदेशकै उद्योग पर्यटन तथा कृषि लाई टेवा दिने उद्देश्यले गरेको कार्य सहर्निय छ भन्दै धार्मिक पर्यटकीय महत्व बोकेको प्यूठानको स्वर्गद्वारी तपोभूमिलाई विश्वसामु चिनाउने उद्देश्यले पूर्व पश्चिम राजमार्गको भालुबाङ र भालुबाङ प्युठान रोल्पा सडकको मुख्य द्वार रहेको पुल्चोकमा रु पचास लाखको लागतमा स्वर्गद्वारी प्रवेशद्वार बनाउने आफ्नो मन्त्रालयको कार्यक्रमको जानकारी गराउनु भयाे ।

सोही समारोहमा विशिष्ट अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मंत्री माननीय इन्द्रजीत थारुले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिलाई जग्गा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको र स्थानिय उत्पादनलाई ग्राह्यता दिएर कृषि र पर्यटन विकासमा यस प्रकारका महोत्सबहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो । अर्को विशिष्ट अतिथि एवं माननीय सभासद रश्मिराज नेपालीले स्थानिय सरकार र निजीस्तर बाट र प्रदेश सरकारबाट राप्ती नदीको तटीय क्षेत्रमा रहेका सहरी र ग्रामीण क्षेत्रबाट उत्पादित फोहर व्यवस्थापन गर्न नसकेको भन्दै उक्त क्षेत्रको फोहर राप्ती नदीमा विसर्जन भइरहेको चिन्ता ब्यक्त गर्दै त्यता तिर सरोकारवाला निकाय गम्भीर बन्नु पर्ने बताउनु भयो ।

राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज बहादुर खड्का सभापतित्तवा, मसचिव नारायण शर्माको सञ्चालन र वरिष्ट उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तब्यबाट शुरुभएको महोत्सब उद्घाटन समारोहलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, नेका का विद्याशरण चौधरी,  नेकपा माओवादी केन्द्रका वसन्त नेपाली, नेकपा एमालेका टोपबहादुर झाक्री, राजमोका ठाकुर प्रसाद आचार्य, ऐरवती आदर्श बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव राज खनाल, प्रधानाध्यापक विष्णुप्रसाद भुसाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद सदस्य महेश रिजाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

उद्घाटन समारोहमा विभिन्न मौलिकता झल्किने गरी विभिन्न जातजातिका मौलिकतामा आधारित सांस्कृतिक झाँकीहरु र विभिन्न संघ संस्था एवं बिद्यालयहरुबाट झाँकी तथा पिटी प्रदर्शन गरिएको थियो। सहिद प्रति एक मिनेट मौनधारण र राष्ट्रिय गीत द्वारा उद्घाटन समारोह शुरू भएकाे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation