शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

शिक्षक छनाेटकाे बिषय लिएर राप्ती गाउँपालिकामा चर्काचर्की, गाउँपालिका कार्यालयमा प्रहरी परिचालन

देउखुरीकाे राप्ती गाउँपालिकामा शिक्षक छनाेट भागबन्डा गर्न खाेज्दा बिबाद बढेपछि गाउँपालिका कार्यालयमा यति बेला प्रहरी परिचालन गरिएकाे छ । राप्ती गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूमा बाल शिक्षा देखि १० कक्षा सम्म नि:शुल्क शिक्षा कार्यन्वयनका लागि विद्यालयमा अपुग हुने अनुदान शिक्षक करारमा पदपुर्तिका लागि प्राथामिक, आधारभूत र माध्यमिक शिक्षा तर्फ विभिन्न बिषयमा ५० जना शिक्षकका लागि आवेदन खुल्ला गरी शनिबार तीन चरणमा नमुना आर्दश मा वि लालमटियामा परिक्षा लिई गाउँपालिका कार्यालयमा कपी जाँच गर्ने क्रममा माओवादी र राष्ट्रिय जनमाेर्चा बीच शिक्षक छनाेटमा भागबन्दा गर्ने तयारी भईरहेकाे खबर पाएर नेपाली काँग्रेसका कार्यकर्ताहरू पनि त्यहाँ पुगेपछि बिबाद भएकाे थियाे ।                       

शिक्षक छनाेटका बिषयमा भागबन्डा मिलाउन माओवादी र जनमाेर्चाकाे पालिका भित्र बैठक बसी रहेकाे खबर पाएर नेपाली काँग्रेसका नेता कार्यकर्ताहरू त्यहाँ पुगेपछि बिबाद भएकाे थियाे । भागबन्डा नै गर्ने भए काँग्रेसलाई पनि भाग चाहिने भनेपछि बिबादले उग्ररूप लिएकाे माओवादीका एक नेताले नाम नखुलाउने सर्तमा भन्नु भयाे । उहाँले काँग्रेसलाई कुनैपनि हाल भाग दिन नसकिने ४ नम्बर वडा अध्यक्ष बिरबहादुर चाैधरीले भनेपछि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरि भुसाल बीच केही बेर चर्काचर्की नै चल्याे । चर्काचर्कीले झण्डै हात हालाहाल सम्मकाे अवस्था सिर्जना भएकाे ती नेताले जानकारी दिनुभयाे ।

यता नेपाली काँग्रेसले भने शिक्षक छनाेटमा माओवादीले आफ्ना कार्यकर्ता मात्र भर्ती गर्न खाेजेकाे भन्दै भदाै १२ गते आईतबार पालिकाकाे कार्यालयमा तालाबन्दी गर्ने सम्मकाे चेतावनी दिएकाे छ । काँग्रेसका महाधिवेशन प्रतिनिधि भुसालले पालिकाकाे शिक्षक छनाेट प्रकृया निष्पक्ष नभए वा आफुखुसी भागबन्डा गरे तालाबन्दी गर्ने चेतावनी दिनु भएकाे छ ।

त्यस्तै नेकपा एमालेले भने शिक्षा समिती गठन देखि शिक्षक छनाेट प्रकृया सम्म पालिका अध्यक्षले आफुखुसी बल मिचाई गरेकाे भन्दै आपत्ति प्रकट गरेकाे छ । यसैबीच गाउँपालिकाकाे नि:शुल्क शिक्षा कार्यान्वयन निर्देशन समितीकाे सदस्यबाट नेकपा एमालेबाट निवार्चित ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चाैधरी र वडा सदस्य गिता चाैधरीले आज एक विज्ञप्ती जारी गर्दै राजिनामा दिनु भएकाे छ । उहाँहरूले शिक्षक छनाेट समिती गठन देखि शिक्षक छनाेट प्रकृयामा समेत ब्यापक कानुनी त्रुटि गरेर शिक्षक छनाेटमा बल मिचाई भएकाे आराेप लगाउनु भएकाे छ । साथै उहाँहरूले यस्ताे गलत कार्यकाे हामी कडा रूपमा बिराेध गर्दछाैँ जारी विज्ञप्तीमा भनिएकाे छ ।            दंगाली अनलाइन खबर

यता यस बिषयमा गाउँपालिका अध्यक्ष प्रकाश बिष्टलाई बुझ्दा शिक्षक छनाेट निष्पक्ष रूपमा भईरहेका बेला काँग्रेसले भागबन्डा खाेजेर धाधली गर्न खाेजेकाे आराेप लगाउनु भएकाे छ । उहाँले हामीले निष्पक्ष रूपमा शिक्षक छनाेट गर्ने गरी प्रकृया अगाडी बढेकाे अवस्था काँग्रेसले भागबन्डा खाेजेर गलत राजनीतिकाे संस्कार देखाएकाे आराेप लगाउनु भएकाे छ । साथै उहाँले शिक्षक छनाेटमा कुनैपनि हालतमा राजनीति भागबन्डा गर्न नसकिने दाबी गर्नु भएकाे छ । उहाँले एमाले भने शुरू देखि नै शिक्षा र स्वास्थ्यमा एकै पटक ठुलाे रकम बिनियाेजन गरेकाे भन्दै असहमति जनाउँदै आएकाे र शिक्षा तथा स्वास्थ्यका बिषयमा असहयाेग गरेकाे बताउनुभयाे ।

गाउँपालिका कार्यालयमा अहिले माओवादी, काँग्रेस, एमाले र जनमाेर्चाका कार्यकर्ताहरू गेटमा रहेकाे र भित्र परिक्षा दिएका प्रशिक्षार्थी शिक्षकहरूकाे कपी जाँच भई रहेकाे छ । लिखित परिक्षाकाे नतिजा राती नै १२/१ बजे सम्म प्रकाशन गर्ने गरी तयारी भईरहेकाे बताईएकाे छ । गाउँपालिका कार्यालयमा नेपाल प्रहरीले कडा सुरक्षा दिईरहेकाे स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation