मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

जब गाउँपालिका उपाध्यक्ष लाई सार्बजनिक सवारीमा देखे

शनिबार दिउँसो करिब १:१५ बजे म राप्ती गाउँपालिका वडा नम्बर २ को शान्तिनगर बाट वडा नम्बर ३ मसुरिया तिर जाँदै थिए । लालमटिया बजार बाट राप्ती गाउँ पालिका उपाध्यक्ष कमलापति चौधरी ४ जना महिला सहित म चढेको बसमा चढ्नु भयो ।

लामो समय भुमिहिन सुकुम्बासीको नेतृत्व गर्दै आउनु भएकि चौधरी गत बैशाखमा भएको स्थानिय निर्वाचनमा राप्ती गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । जब उपाध्यक्ष हुनु भयो तेस बेला देखि चिन्छु । उहाले पनि मलाई चिन्नु हुन्छ । जब मैले उपाध्यक्ष लाई म चढेको बसमा देखे तब मलाई आश्चर्य लाग्यो !

म : उपाध्यक्ष ज्यु नमस्कार ।
उपाध्यक्ष : नमस्कार भाइ, हाँस्दै ( पहिला देखीनै मलाई भाइ भन्नू हुँन्छ )
म : सन्चै आरामै हुनुहुन्छ ?
उपाध्यक्ष : सन्चै हजुर पनि ?
म : सन्चै अनि उपाध्यक्ष ज्यु हजुर सार्बजनिक बसमा ( म आश्रर्य मान्दै )
उपाध्यक्ष : किन र भाइ ? ( हाँस्दै )
म : हजुर उपाध्यक्ष सरकारले सवारीको सुबिधा दिएको छ ?
उपाध्यक्ष : (लामो हासो सहित ) म प्राय जसो सार्वजनिक साधन नै प्रयोग गर्छु ।
म : गाउँ पालिकाले हजुर लाई गाडी दिएको छ त उपाध्यक्ष ज्यु ?
उपाध्यक्ष : आज शनिबार, पार्टीले चलाएको मिसन ग्रासरुट अभियानमा छु अनि पार्टिको काम गर्दा गापाको गाडी प्रयोग गर्दिन । जनताको काम गर्दा छिटो छरितो सेवा दिनु पर्ने हुन्छ अनि सरकारी गाडी प्रयोग गर्छु आजपनी सुकुम्बासी बस्तिमा गएर आउँदै छु ।
म : सबै जनप्रतिनिधि हरुले सरकारी गाडी प्रयोग गरिरहेका छन् तपाइँ पनि प्रयोग गर्दा हुँदैन ?
उपाध्यक्ष : ( हाँस्दै ) भाइ म गरिब किसानको छोरी मेरो घरमा कुनै सवारी साधन छैन । म जनप्रतिनिधिको रुपमा पनि ५ वर्ष हो पछि यस्तै गरि सार्वजनिक सवारीमा यात्रा गर्नु पर्छ । सके सम्म म सरकारी सुविधा लिने पक्षमा छैन । जनताको मान्छे जनता संगै यात्रा गर्न मन पराउछु ।

यात्रा गर्दा म संग मात्र बोल्ने फुर्सद कहाँ हुन्छ र उक्त बसमा चढेका प्राय जसोले आश्रर्य मानी रहेका थिए किन हो थाहा भएन । मेरो मनमा भने अनेकौं प्रश्न उठिरहेका थिए । नजिक रहेका यात्रुले उपाध्यक्ष लाई आफ्नो कुरा सुनाउन सुरु गरि हाले सबैको कुरामा उपाध्यक्षले हाँस्दै जवाफ दिइरहनु भएको थियो । यात्रा थियो जम्मा पाँच मिनेटको ।

सायद गरिब परिवार बाट आएको भएर होला उहामा कुनै घमण्ड देखिदैन थियो । अरु संग कुरा गर्दै उहाँले आफ्नो अधिकारको निम्ति आफै लड्नु पर्छ भन्दै हुनुहुन्थ्यो । म बडो चासोको साथ हेरिरहेको थिए । जनप्रतिनिधि भए पछि सायद जनताले ठूलो आश गरेका हुँदा रहेछन । सवैको चित्त बुझाउन सायद गाह्रो हुदो होला ।

यात्रा लामो भएको भए सायद धेरै कुरा बुझ्न पाइन्थ्यो होला । छोटो समयको यात्रा मा पनि धेरै कुरा देख्न सकिने रहेछ । हामी सबै चाहान्छौ हाम्रा जनप्रतिनिधि यस्तै सरल हुनुपर्छ । सरकारी सुबिधा केही समयको लागि मात्र हो । हामी देखिरहेका छौ हाम्रा जनप्रतिनिधि सुबिधा मात्र लिन खोज्छन । अनि मेरो मनमा कुरा खेल्दै गयो सायद सबै जनप्रतिनिधि राप्ती गाउँपालिकाको उपाध्यक्ष जस्तो सरल भैदिएको भए ….

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation