मसुरिया । दाङको राप्ती गाउँपालिकाकाे आयोजनामा साेमबार हाेली पर्वकाे अवसरमा शुभकामना आदानप्रदान तथा बिदाई र सरुवा भएर जान लाग्नु भएका दुई कर्मचारीहरू लाई सम्मान तथा बिदाई कार्यक्रम गरिएको छ ।
उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त गर्नुभएका वडा नम्बर ६ मा कार्यरत वडा सचिव मंगलप्रसाद चाैधरी र ईलाका प्रहरी कार्यलय भालुबाङ्गबाट जिल्ला प्रहरी कार्यालय नेपालगन्ज बाँकेमा सरुवा भएर जान लाग्नु भएका प्रहरी निरीक्षक सुजन विक्रम शाह लाई बिदाई तथा सम्मान गरिएको हाे ।
चाैधरी विगत ३६ वर्ष देखि निरन्तर सचिव पदमा रही विभिन्न कार्यालयहरुमा सेवा गर्दै आइरहनु भएको थियो भने शाह विगत एघार महिना देखि ईलाका प्रहरी कार्यालय भालुबाङ्गकाे प्रमुखको रुपमा कार्यरत रहनु भएको थियो ।
राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीको अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापति चाैधरीकाे विशिष्ट आतिथ्यतामा साे कार्यक्रम सम्पन्न भएको थियो ।
साे अवसरमा बाेल्ने बक्ताहरुले बिदाई र सरुवा भएर जान लाग्नु भएका कर्मचारीहरूले सेवा प्रवाहमा पुर्याउनु भएको याेगदानकाे उच्च प्रशंसा गर्दै उहाँहरूको आगामी दिनकाे सुखद कामना गर्नु भएको थियो ।
साे अवसरमा वडा नम्बर ५ का वडा अध्यक्ष देब प्रसाद चाैधरी, ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, कार्यपालिका सदस्य पार्वती सुवेदी, समाजसेवी जगत बहादुर थापा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक लगायतले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियो ।
पालिकाका सम्पूर्ण शाखाहरुका शाखा प्रमुख तथा कर्मचारीहरु, कार्यपालिका सदस्यहरु, समाजसेवीहरुकाे सहभागीता रहेको कार्यक्रमकाे सहजीकरण प्रशासन प्रमुख विकास ज्ञवालीले गर्नु भएको थियो ।