सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

भालुवाङ महोत्सवमा दर्शकहरु बढ्दै, खुमन अधिकारी र अनु राना मगरले दर्शक नचाए

भालुवाङ । दाङको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चालन भइरहेको पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको बुधवार छैठौं दिन पनि राष्ट्रिय र स्थानीय कलाकारहरुले मञ्च तताएका छन् ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन १९ गते देखि चैत १ गते सम्म भालुवाङ पुल्चोक स्थित निमार्णाधिन बसपार्कमा महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सवको छैठौं दिन बुधवार चर्चित लोक दोहोरी गायक खुमन अधिकारी, लोक दोहोरी गायिका अनु बुढा मगर, डान्सर तथा मोडेल एलिसा बराल, आशिष दहाल र गायिका तथा उद्घोषिका राशी रिजालले आ–आफ्ना उत्कृष्ट प्रस्तुती मार्फत दर्शकहरुलाई छमछमी नचाएका थिए । महोत्सवमा दर्शकहरु समेत बढ्न थालेका छन् । आज करिव २ हजार ६ सय दर्शकले महोत्सव अवलोकन गरेको मेला व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

लोक दोहोरी गायक खुमन अधिकारीले “अब होला केही” बोलको गीतबाट आफ्नो प्रस्तुती दिन सुरु गरेका थिए । त्यस्तै उनले निर क्या छ माया जाल, मायालुले भिरेको झोला, भगेरीले आगनीमा लरीलरीलै, तिमी र म पिरतीमा झ्याप” लगायतका गीत गाएर दर्शकहरुलाई नचाएका थिए । करिव १ घण्टा सम्म गीत गाएर अधिकारीले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । मौसम प्रतिकुलका बावजुद पनि अधिकारीले दर्जन बढी गीत गाउन सफल भएका थिए ।

त्यसैगरी लोक दोहोरी गायिका अनु राना मगरले पनि दर्शकहरुलाई खुबै नचाएकी थिइन् । उनले नौतुनाको रेल पुग्यो बम्बई, छम्मछ्मी नाच्ने हो आदि गीत गाएकी थिइन् । भने स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुति दिएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

यसैगरी भोली फागुन २५ गते चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, लोक दोहोरी गायिका अनु राना मगर, कार्यक्रम प्रस्तोता सर्मिला अर्याल डान्सरहरु एलिसा बराल र आशिष दहाल लगायतका कलाकारहरु आउने मेला व्यवस्थापक शर्माले जानकारी दिएका छन् । त्यस्तै महोत्सवमा आज देखि राप्ती नदीमा बोटिङ सुरु गरिएको छ । बोटिङका लागि १ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ९ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केहि रकम लालमटियामा रहेको दृष्टिविहिन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान, विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा गराईने राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि चरखे पिङ्ग, झुला, बालबाललिका लागि रमाईलो खेल लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेका छन् ।

महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने, महोत्सव अवधीभर खुल्ला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत रहेको संघका अध्यक्ष खड्काले जानकारी दिएका छन् । देउखुरी आइडलमा प्रथम हुनेलाई नगद २० हजार र २ वटा म्युजिक भिडियोमा खेलाइने छ भने दोसो हुनेलाई नगद १५ हजार र १ वटा म्युजिक भिडियोमा खेलाइने छ भने तेस्रो हुनेलाई १० हजार र चौथो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।

महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ७०, विद्यार्थीका लागि ५० रुपैयाँ, अपाङगता, जनआन्दोलनका घाइते, दृष्टिविहिन, जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको भने ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको सन्दर्भमा शुल्क नलाग्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation