मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

अध्यक्ष कप फुटबल प्रतियोगिता कार्यक्रमकाे दाेस्राे दिन विभिन्न वडाहरु बिच सेमिफाइनलका खेलहरु सम्पन्न

देउखुरी । दाङकाे राप्ती गाउँपालिकाकाे आयोजनामा बिहिवार देखि सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिता कार्यक्रमकाे दाेस्राे दिन शुक्रबार विभिन्न वडाहरु बिच सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

शुक्रबार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ वडा नम्बर ३ लाई २-० गाेलले हराउँदै वडा नम्बर १ फाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर ४ लाई ३-० गाेलले हराउँदै वडा नम्बर २ फाइनलमा पुगेको छ ।

त्यस्तै महिला तर्कको खेलमा वडा नम्बर ६ लाई पेनाल्टी मार्फत ३-२ गाेलले हराउँदै वडा नम्बर २ फाइनलमा प्रवेश गरेकाे छ भने वडा नम्बर ५ लाई १-० गाेलले हराउँदै वडा नम्बर १ फाइनलमा पुगेको वडा नम्बर २ का वडा अध्यक्ष तथा खेल सञ्चालन समितिका सदस्य पहलवान चाैधरीले जानकारी दिनु भएको छ ।

भाेली फाइनल खेलका लागि पुरुष तर्फ वडा नम्बर १ र २ भिड्ने छन् भने महिला तर्फ पनि वडा नम्बर १ र २ बिच नै प्रतिस्पर्धा हुने भएको छ ।

खेल भाेली विहान ७ बजे देखि शुरु हुने र फाइनलका सम्पूर्ण खेलहरु सम्पन्न गरिने शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख तथा खेल सञ्चालन समितिका सदस्य सचिव विश्वास विकले जानकारी दिनु भएको छ ।

खेलकुदमा विजेता र उपविजेता हुने खेलाडीहरुलाई क्रमश ४० र ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

खेलकुद कार्यक्रमको भाेली नै समापन गरिने आयाेजकले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation