दाङ । महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङ अनेरास्ववियु, अनेरास्ववियू क्रान्तिकारी र अखिल (छैठौ ) को सयुक्त प्यानलबाट अखिल क्रान्तिकारी दाङ जिल्ला उपाध्यक्ष प्रिय कमरेड हिमाल महराको नेतृत्वमा उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ ।
स्ववियु निर्वाचन चैत्र ५ गते हुने मतदानको लागि हिमाल महरा (अध्यक्ष), रविभक्त केसी (सचिब), सागर पण्डित (कोषाध्यक्ष) र सदस्यहरु मञ्जु घर्ती क्षेत्री, प्रकाश शाही, शारदा आचार्य, प्रशान्त पोख्रेल, मदन कृष्ण गौतम, मञ्जु देवकोटा, सविन पोख्रेल र शंकर घर्ती मगर गरि ३ जना पदाधिकारी र ८ जना सदस्य गरि ११ जनाको प्रत्यक्ष उम्मेदवार बन्नु भयो ।
त्यसैगरी उपाध्यक्ष र सहसचिव समानुपातिकबाट निर्वाचित सदस्यबाट मनोनित गर्ने जानकारी गराउनु भयो । समानुपातिकबाट १० जना सदस्य गरि स्ववियु समिति २१ जनाको हुन्छ ।