शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तिमा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिता भव्य समारोह बिच सम्पन्न

देउखुरी । दाङको राप्ती गाउँपालिकाको आयोजनामा बिहीबार देखि सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिता एक भव्य समारोह बिच वडा नम्बर ३ काे सिरीचाैर खेल मैदानमा शनिवार सम्पन्न भएको छ ।

फागुन २५ गते देखि प्रारम्भ भएको फुटबल प्रतियोगिताको पुरुष तर्कको फाइनल खेलमा वडा नम्बर २ ले वडा नम्बर १ काे फुटबल टिमलाई १ को विरुद्ध २ गोलले पराजय गरि विजेता भएको छ ।

भने महिला तर्फकाे फाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ काे फुटबल टिमलाई शून्यको विरुद्ध २ गोल गर्दै विजेता बनेको छ ।

खेलमा विजेता र उपविजेता बनेका खेलाडीहरुलाई क्रमश ४० हजार र ३० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल सञ्चालन समितिका सदस्य सचिव विश्वास विकले जानकारी दिनु भएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित फुटबल खेलको समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले खेलको माध्यमबाट पनि खेलाडीले आफ्नो गाउँ, समाज र राष्ट्रलाई चिनाउन सक्ने विचार व्यक्त गर्दै अनुशासित खेलाडीले नै राम्रो नतिजा प्राप्त गर्न सक्ने धारणा राख्नुभयो ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको साे अध्यक्ष कप फुटबल प्रतियोगितामा पालिका अन्तर्गतका १८ टिमकाे सहभागिता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation