मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

प्रस्तावित भालुबाङ्ग अस्पतालमा विशेषज्ञ सेवासहित शल्यक्रिया मार्फत प्रसुति सेवा सुरु

भालुवाङ । राप्ती गाउँपालिका वडा नं. २ लालमटियाका रामकृष्ण पौडेल प्रफुल्लीत मुद्रामा प्रस्ताविक भालुवाङ अस्पताल भालुवाङको प्रांगणमा देखिए । उनी खुसी व्यक्त गर्दै भने विशेषज्ञ चिकित्सकसँगै आफ्नै घर आगँनमा सेवा लिन पाउदा मलाई अन्यत्र जानु परेन । जसका कारण समय र पैसा दुबैको बचत भयो ।

अव पौडेल जस्ता धेरै विरामी उपचारका लागि भन्दै बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको छ । आजदेखि प्रस्तावित भालुवाङ अस्पतालमा विशेषज्ञ सेवा सहित शल्यक्रिया मार्फत प्रसुति सेवा सञ्चालन हुने भएको छ ।                                   

निक साइमन इन्सिच्यूटको प्राविधिक सहयोगमा प्रस्तावित भालुवाङ अस्पतालमा आज देखि विशेषज्ञ सेवा सहित शल्यक्रिया मार्फत प्रसुति सेवा सञ्चालन हुने भएको हो ।

एमडी जनरल फिजिसियन डा. तिलक बाबु घिमिरेको नेतृत्वमा डा. तुसार झा(मेडिकल अधिकृत), अर्जुन बान्ठा(एनेस्थेसीया), आर्जु पाख्रेल(ल्याव टेक्लोलोजिष्ट) समुहले प्रस्तावित भालुवाङ अस्पतालमा सेवा दिनेछन् ।                                             

प्रस्तावित भालुवाङ अस्पतालमा सेवाका लागि राप्ती गाउँपालिका र निक साइमन इन्सिच्यूटको विचमा चार वर्षे सम्झौता गत साउन १८ गते भएको थियो । सम्झौता छिट्टै कार्यान्वयनमा आउने र कार्यान्वयन भएमा जटिल प्रकारको प्रसुति सेवा सञ्चालन हुने उल्लेख गरिएको थियो । सोही अनुरुप सेवा सुरु भएको छ ।

शल्यक्रिया गरेर प्रसुति गराउनुपर्ने अवस्था भएका आमाहरुलाई महङ्गो खर्चमा बाहिर रेफर गर्नुपर्ने बाध्यता थियो । शल्यक्रियाका लागि एमडी जनरल फिजिसियन सहितको स्वास्थ्यकर्मी र उपकरण निक साइमनले उपलब्ध गराएको छ । देउखुरी उपत्याका लगायत प्युठान, रोल्पाका बासिन्दाले समेत सहज र सरल उपचार सेवा पाउने भएका छन् ।

चिकित्सकसहित स्वास्थ्यकर्मीलाई स्वागत

चिकित्सक सहितको समुहलाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ । प्रस्तावित अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष गेम बहादुर खड्काको अध्यक्षता तथा पालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आथित्यतामा चिकित्सक सहितको समुहलाई स्वागत गरिएको छ ।               

सामान्य मात्रै प्रसुति सेवा प्रदान गरिदै आएकोमा अब जटिल अवस्थाको शल्यक्रिया मार्फत प्रसुति सेवा समेत सञ्चालन हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताए । यो सेवा राप्ती उपत्यकाका बिरामीका लागि मात्र नभइ प्युठान, रोल्पा, अर्घाआँची सेवाग्राहीलाई समेत सेवा दिने अध्यक्ष विष्टले बताए ।

अस्पतालका व्यवस्थापक कृष्ण प्रसाद श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको स्वागत कार्यक्रलाई सम्बोधन गर्दै डा. तिलक बाबु घिमिरेले अबदेखि प्रसुति सेवाका लागि बाहिर कुनै पनि बिरामी जानु नपर्ने बताए । ‘सम्भव भए सम्म कुनै पनि बिरामी बाहिर रिफर गर्ने छैनौं ।” डा. घिमिरेले भने ‘बच्चालाई आईसियूमा राख्न नपर्ने अवस्था बाहेक रिफर गर्नु पर्दैन ।”                                                                                 

चिकित्सकको समुहले आजदेखि सेवा सुरु गरेपनि शल्यक्रियासहितको सेवा भने दशै तिहारको बिचदेखि सुरु हुनेछ । डा. घिमिरेले भने ‘जनशक्ति भएर मात्र हुदैन, हामीले अब शल्यक्रियाका लागि आवस्यक भौतिक संरचनाको व्यवस्थापन गरेर एक महिनापछि शल्यक्रिया सेवा सुरु गर्नेछौं ।”

कार्यक्रममा राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, राप्ती उद्योग बाणिज्य संघका महासचिव नारायण शर्मा, पत्रकार महेश रिजालले सेवा सुरु गरेकोमा खुसी व्यक्त गरेको थिए ।                                                                         

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation