निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छिन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै भण्डारीको बिदाइ गरिएको हो ।
भण्डारीलाई नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपहार प्रधान गरे । नवनिर्वाचित राष्ट्रपति पौडेल भण्डारीलाई गाडीसम्मै पुगेर बिदाइ गरेका थिए ।
भण्डारीले २०७२ मा संविधान जारी भएपछि लगातार दुई कार्यकाल राष्ट्रपतिको भूमिकामा रहेकी थिइन् ।