मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

बुवाको संझनामा दाङको लट्ठहवामा नि:शुल्क स्वास्थ्य शिविर

सिसहनियाँ  दाङको राप्ती गाउँपालिका ५ सिसहनियाँका अमृत रावत र विशाखा रावतले स्वर्गीय बुवा बसन्तकुमार रावतको संझनामा शनिवार लठ्ठहवामा स्वास्थ्य शिविर सम्पन्न गरेका छन् ।

स्वर्गीय बसन्तकुमार रावतले सिसहनियाँ बजारमा सञ्चालन गरेको विष्णु वि. मेडिकल एण्ड मुना मेडिसिन सेन्टरलाई छोरा बुहारीले निरन्तरता दिएका छन् । स्वर्गीय रावतको निधन भएको ६ महिना पुगेको संझनामा स्वास्थ्य शिविरको आयोजना गरिएको स्वर्गीय रावतका साला चन्द्र पुन र समाजसेवी तुलसीप्रसाद गौतमले बताए ।

स्वास्थ्य शिविरबाट १ सय ८० जना बिरामीहरुले सेवा लिएका थिए । आफ्नै गाउँमा सबै रोगको स्वास्थ्य उपचार पाएकोमा स्थानीयहरुमा निकै उत्साह देखिएको थियो । स्वास्थ्य परिक्षणका लागि लठ्ठहवाबाट आएकी विनिता चौधरीले भनिन् “हामी जस्तो गरीब दुःखीले आफ्नो घरायसी समस्या र पैसाका कारण राम्रो हस्पिटल सम्म गएर उपचार गराउन नसकिरहेको अवस्थामा रावत परिवारले गाउँमै डाक्टर ल्याएर निशुल्क सेवा सहित औषधी दियो, हामी ज्यादै खुसी भयौं ।”

त्यस्तै सिंगेबाट स्वास्थ्य जाँचका लागि आएका तकमान भण्डारीले सिसहनियाँबाट पाइने स्वास्थ्य उपचारको सुविधा गाउँघरमा नै आउँदा खुशी लागेको बताए । उनले भने ‘हाम्रै गाउँमा डाक्टर आए । डाक्टरको सल्लाह अनुसार औषधी पनि पाए । यसले मलाई ज्यादै खुसी लाग्यो । उनीहरु जस्तै शिविरमा आएका जेष्ठ नागरिक, वयष्क तथा युवाहरु समेत गाउँमै निशुल्क स्वास्थ्य सेवा पाउदा निकै खुसी भएका छन् ।

शिविरमा विभिन्न रोगको चेकजाँच, सुगर, ब्लडप्रेसर, रगत परिक्षण र निशुल्क औषधी वितरण गरिएको थियो ।

शिविरमा ढाड कम्मर दुख्ने, सुगर, प्रेसर, दम, ग्याष्टिक, आँखाको समस्या भएका विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको डाक्टर शिवानन्द साहले बताएका छन् । शिविरमा एमविविएस डा. शिवानन्द साह, अहेवहरु जिवा चौधरी, गोमा खत्री, स्वम्सेवक विशाल पुन मगर, वि.एण्ड ममता रावत, वि.एल.एम.टि विशाखा रावतले सेवा दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation