देउखुरी । दाङको राप्ती गाउँपालिकाकाे विभिन्न वडाहरुमा वर्षै देखि रहेको खानेपानी समस्याको समाधान हुने भएको छ ।
आईतवार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र खानेपानी तथा ढल ब्यबस्थापन बिभाग काठमाडौंका निर्देशक रत्न लामिछाने बिच भएको भेटमा साे सहमति भएको हाे ।
साे समस्या समाधानका लागि आगामी आर्थिक वर्ष बाटै काम शुरु हुने गरि छलफल भएको अध्यक्ष विष्टले जानकारी दिनु भयो ।
उक्त भेटमा अध्यक्ष विष्टले खानेपानीको समस्या समाधान सँगै पछिल्लाे समय प्रदेश राजधानी कार्यनयन सँगै शहरीकरण पनि बढ्दै गईरहेकाले दिर्घकालिन रुपमा ढल व्यवस्थापनमा सहयोग गर्न समेत आग्रह गर्नु भएको थियाे ।
त्यस्तै छलफलमा निर्देशक लामिछानेले मानिस स्वस्थ रहनका लागि स्वच्छ र सफा पानीकाे आवश्यकता पर्ने बताउँदै त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी सरकार र मुख्य गरेर बिभागकाे रहेकाले तत्काल समस्या समाधान गर्न आफू तयार रहेको बताउनु भयाे ।
हाल पालिकाकाे वडा नम्बर २, ३, ५ र ९ का विभिन्न गाउँहरुमा खानेपानीको समस्या रहेको छ ।
शुद्ध खानेपानीकाे व्यवस्था नहुदा साे क्षेत्रका स्थानीयवासीहरु ईनार, खाेला, कुवाकाे पानी पिउन बाध्य रहेका छन् ।
हिजाे मात्रै पालिकाकाे विकासको विभिन्न याेजनाका बारेमा अध्यक्ष विष्ट र प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष डाक्टर मिन बहादुर श्रेष्ठ सँग पनि भेटघाट तथा छलफल गर्नु भएको थियोे ।
अध्यक्ष विष्ट पालिकाकाे समग्र विकासको लागि विभिन्न याेजना लिएर केहि दिन देखि संघीय राजधानी काठमाडौंमै रहनु भएको छ ।