मङ्लबार, बैशाख ३०, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

प्रहरीकै संलग्नतामा दैनिक २० लाखकाे मदिरा भारत ‘तस्करी’

बारा । भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएपछि बिहारसँग सीमा जोडिएका बाराका ग्रामीण भेगमा मदिराको अवैध कारोबार फस्टाएको छ । भारतको बिहारमा त्यहाँको सरकारले सन् २०१६ को अप्रिलदेखि नै मदिराको उत्पादन, ओसार पसार, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको थियो ।

बिहारमा मदिरा पूर्ण प्रतिबन्धित भएदेखि नै बाराको पचरौता नगरपालिकाको सीमावर्ती बजार र गाउँमा मदिराको कारोबार फस्टाएको हो । योसँगै पचरौताका सीमावर्ती नाका हुँदै नेपालबाट घरेलु तथा शिलबन्दी गरिएका मदिरा बिहारमा तस्करीसमेत भइरहेको पाइएको छ ।                                                                                       

गुलरिया बोर्डरबाट भारत तर्फ जाँदै गरेको अवस्थामा भारतको प्रहरीले केही दिनअघि मदिरासहित एक नेपालि र भारतीय युवकलाई पक्राउ गर्‍याे । पक्राउ परेका युवकले नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको स्वीकारे । उनीहरूको साथबाट भारतीय प्रहरीले विदेशी ब्रान्डसहित नेपालमै उत्पादित तथा घरेलु मदिरा बरामद गर्‍यो । यस्तै नेपाल भारतको सीमामा तीन दिन अगाडिमात्रै एक भरतीयको मदिराका कारण मृत्यु भएको थियो । भारतको बिहारमा करिब १० करोड जनसंख्या रहेको छ ।

नेपाल प्रहरीसँग ‘सेटिङ’ मिलाएर मदिरा तस्करी हुने गरेको स्थानीयले बताएका छन् । प्रहरीले नै मदिरा तस्करीमा सघाउँदै आएको स्थानीए चन्द्रिका यादवले बताएका छन् । ‘प्रहरीले तस्करीको सूचना पाउनुभन्दा पनि उनीहरूले नै ‘पास’ हुने समय निर्धारण गर्छन् र सोही समयमा बोर्डर कटाउन भन्छन्’,’ यादवले भने, ‘यो कुरा यहाँ धेरैजसो अधिकारीलाई थाहा छ नै, यद्यपि यसबारेमा कसैलाई पनि चिन्ता छैन ।’

यस्तै अर्का स्थानीए दयालु पासवानले भने, ‘यहाँ बाट दैनिक रुपमा करिब ५ देखि २० लाखसम्मको मदिरा भारत जाने गर्दछ भने शनिबार र आइतबार करिब ५० लाखसम्मको मदिरा भारत जान्छ । जसमा निकै ठुलो मात्रमा घरमा उत्पादन भएको भदिरा जान्छ भने विदेशी ब्रान्डसहित नेपालमै उत्पादन भएका मदिरा उनीहरुको रोजाई भएका कारण भारत निर्यात हुने गर्दछ ।’                                                       

यता प्रहरीभन्दा बढी स्थानिय सरकार मदिरा नियन्त्रण गर्न लागिपरेको देखिन्छ । पचरौता नगरपालिकाबाट भारत मदिरा ओसार पसार भएको समाचारका कारण पचरौता नगरपालिकाको निकै बेइज्जत भएको भन्दै जनप्रतिनिधिहरू यस नाकाबाट मदिराको अवैध कारोबारको अन्त्य गर्न चाहेकाे बताउँछन् ।

पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवारले पचरौता नगरपालिकाको दक्षिण सीमा रहेको भारतको बिहार राज्यमा त्यहाँको सीमा हुँदै मदिराको अवैध कारोबार फस्टाएको र नियन्त्रण गर्ने प्रहरीलाई पटक पटक अनुरोध गर्दा समेत कुनै सुनुवाइ नभएको बताएका छन् ।

‘आफ्ने पालिकाको नाम नै खराब हुने गरि यस पालिकामा मदिरा उत्पादन र भारतमा निर्यात हुने गरेको छ ।  हामी यसको अन्त्य चाहान्छाैँ’, नगरप्रमुख जैसवालले भने, ‘मैले पटक पटक प्रहरीलाई अनुरोध गर्दा समेत यसको उत्पादन र निर्यातमा कमि आउन सकेको छैन । पालिकाको क्षेत्राधिकारभित्र पनि यो काम कार्य पर्दैन । तर, जसले गर्ने हो, सो सरोकारवालालाई भने कुनै चिन्ता छैन ।’

यता ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख तथा प्रहरी निरीक्षक देवराज काफ्लेले आफ्नो मातहतमा रहेको प्रहरी चौकी बेल्दारीलाई अवैध घरेलु मदिरा ओसार पसारमा रोक्न निर्देशन दिएको बताए । उनले सीमावर्ती क्षेत्रमा रहेका अवैध घरेलु मदिरा भट्टीसमेत पटक पटक नष्ट गरेको र छापा मारेर रक्सी उत्पादनमा प्रयोग गरिने भाँडासमेत बरामद गरिएको बताए ।                                                           

‘अब काहीँ कतैबाट लुकिछिपी तस्करहरूले ओसार पसार गरेको भए, मलाई थाहा भएन कहिँ कतै भित्रि बाटोमा भयो पनि होला । तर, आफु र आफ्ने मातहतका प्रहरी चौकीले दिनरात नाकामा रहेको हुँदा पहिलाको तुलनामा निकै कमि भएको,’ निरिक्षक काफ्लेले भने, ‘अब स्थानीयले के भने, कसरी भने, त्यसको जवाफ म सँग छैन, प्रहरीको मिलेमतोमा ओसारपसार भएको छैन, कसैले छ भन्छ भने प्रमाण देखाउँदा हुन्छ ।’

तर, यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम नचालिएकाे कारण यो अवैध धन्दा न्यूनीकरणको साटो बढेर नै गएको भनि सरोकारवालाहरुले आराेप लगाउने गरेका छन् । सीमा नाकामा प्रहरीको तैनाथी पनि नरहेको होइन । उनीहरूले भारततर्फ मदिरा निकासी गर्न लागेको अवस्थामा कयौं पटक अवैध मदिरा नियन्त्रणमा पनि लिएका छन् । तर, पनि यो अवैध धन्दा कम नहुनुमा मदिरा तस्करीमा ठूलो मुनाफाको हात रहेको अनुमान लगाउन सकिन्छ । नेपालमा खरिद गरेको मदिरा भारतमा तीन गुणासम्म बढी मूल्य लिएर बेच्न सकिने भएका कारण यसमा तस्करहरूको आकर्षण बढेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation