
संघ सरकारको भौतिक योजना तथा यतायात मन्त्री नारायण काजी श्रेष्ठ र लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्री ईन्द्रजीत थारु बिच भेटघाट भएकाे छ ।
उक्त भेटघाटमा लुम्बिनी प्रदेशकाे समग्र भाैतिक विकासकाे अबस्था बारे छलफल भएकाे थियाे ।
मन्त्री थारुले लुम्बिनी प्रदेश भित्रका हुलाकी सडक अन्तर्गतका पुलहरु प्रथमिकतामा राख्नु पर्ने बिषयमा जाेड दिन आग्रह गरे । त्यस्तै हुलाकी सडक क्षेत्र भित्र पर्ने बनका रुखहरु पनि छिटो कटान गर्न आदेश दिनु पर्ने बताए ।
छलफलमा मन्त्री थारुले संघ सरकारले प्रदेश सरकारलाई हतान्तरण गरेका र सशर्त पठाएका सडकहरुकाे बजेट संशोधन गर्ने अधिकार पनि प्रदेश सरकारलाई दिन पर्ने बताउँदै संघ सरकारले पठाएका सशर्त सडक र पुलका योजनाहरुको बजेट अपुग भई दायित्व सृजना भएको रकमको तत्काल भुक्तानीकाे माग गरे ।
त्यस्तै संघ सरकारले प्रदेशको क्षेत्राधिकार भित्रका सडकमा बजेट बिनियोजन गर्दा प्रदेश सडक गुरु योजनामा रहेका सडकहरुमा बजेट बिनियोजन गर्नुपर्ने बताउँदै दाङको गुरुङखोला,सुपैला खोला र बौलाहा खोला लगायतका हुलाकी सडकका पुलहरु समेत टेण्डर प्रक्रियामा लौजान पनि अग्रह गरे ।