आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा अनेरास्ववियु समाजवादीका यादव सभापतिमा निर्वाचित

गढवा । गढवा बहुमुखी क्याम्पस गढवामामा सोमवार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु (समाजवादी) का इबराज यादव सभापतिमा पदमा निर्वाचित हुनुभएको छ ।

यादवले १ सय १३ मत मध्ये ६३ मत ल्याई निर्वाचित हुनु भएको छ । सभापति पदका उम्मेदवार अनेरास्ववियु क्रान्तिकारीका गोबिन्द प्रसाद यादव ४१ मत र अनेरास्ववियु क्रान्तिकारी छैठौका बिशाल यादव ४ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी सचिवमा स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु (समाजवादी) की पुष्पा खड्का ७० मत ल्याई निर्वाचित हुनुभएको छ। उहाँको निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियु छैठौकी पुष्पा धिताल ३८ मत प्राप्त गर्नुभएको थियो ।

कोषाध्यक्ष पदमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका ओम प्रकाश यादव ७९ मत ल्याई विजयी हुनुभएको छ। उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका सुदिप बुढाथोकी ३१ मत प्राप्त गर्नुभएको थियो ।

उपसभापतिमा र सह सचिवमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका शिव नेपाली र हेम ब. घर्ति लाई सर्व सर्वसम्मत रुपमा चयन गर्ने स्रोतले बताएको छ ।

त्यसैगरी सदस्यहरुमा मनिशा उपाध्याय, यमुना सुबेदी र टिका चौधरी लाई चयन गरेको छ ।

साथै समानुपातिकतर्फ नेपाल विध्यार्थी संघ मत ९०, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन १३ मत र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौ) ७ मत परेको छ ।

गढवा बहुमुखी क्याम्पस गढवामा कुल लगभग ६३ प्रतिशत मतदान भएको छ। कुल मतदाता संख्या १ सय ७९ मध्ये १सय १३ मत खसेको थियो भने ३ मत बदर भएको निर्वाचन अधिकृत ठाकुर खनालले जानकारी दिनु भयो । नव निर्वाचित पदाधिकारीहरुको सफत ग्रहण कार्यक्रम २०७९ चैत्र ७ गते मंगलवार गर्ने क्याम्पस स्रोतले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation