लालमटिया । ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियामा अखिल संयुक्तको प्यानल विजयी भएको छ ।
सभापतिमा एमाले निकट अनेरास्ववियुकी विष्णा भण्डारी(संगिता) निर्वाचित भएकी छिन् ।
भण्डारीले १ सय ३३ मत प्राप्त गर्दा नेविसंघका भुवन भट्टराईले १ सय २० मत प्राप्त गरे । त्यसैगरी सभापतीमा विनोदकुमार सोनीले १ सय १४ र मनोज थापाले २९ मत प्राप्त गरे ।
सचिवमा अखिल छैठौंका अशोक खनाल निर्वाचित भएका छन् । उनले १ सय ७५ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी नेविसंघका अरुण पौडेलले १ सय २ मत प्राप्त गरेका छन् भने केशवराज खनालले २४ र आकाश केसीले ९५ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा अखिल छैठौंकै टिकाराम राउत २ सय ५८ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा रेजिना कुमालले ९४, सिमरन पोख्रेलले ४५ मत प्राप्त गरेका थिए ।
सदस्यमा अखिल संयुक्तकै सिद्धार्थ सुवेदी(१९६), मायाँ कुमाल(१९९), फरिदा प्रविन(१८१), निमराज गौतम(२१६), विवेक घर्तीमगर(१८५) निर्वाचित भएका छन् ।