बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकामा शैक्षिकसत्र २०७९ को वार्षिक परिक्षा सुरु

देउखुरी । दाङको राप्ती गाउँपालिकामा शैक्षिकसत्र २०७९ को गाउँपालिका स्तरीय वार्षिक परिक्षा आज मंगलबार देखि सुरु भएको छ । कक्षा १ देखि ९ कक्षा सम्मकाे यस वर्षको वार्षिक परिक्षा सुरु भएको हो ।

राप्ती गाउँपालिकाभित्र रहेका ३०ओटै सामुदायिक विद्यालयमा एकै साथ परिक्षा सुरु भएको राप्ती गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएको छ ।

पालिकाकाे वार्षिक कार्यतालिका अनुसार परिक्षा आज मंगलबार देखि चैत २२ गते बुधबार सम्म सञ्चालन हुने शाखा प्रमुख विकले जानकारी दिनु भएको छ ।

यस वर्ष पालिकामा सामुदायिक विद्यालयका ७ सय ८५ र संस्थागत विद्यालयका ३ सय १८ गरि जम्मा ११०३ जना विद्यार्थीहरु कक्षा ८ काे परिक्षा सामेल भएका छन् ।

साथै राप्ती गाउँपालिका स्तरीय आधारभूत परीक्षा समितिको वैठकले आधारभूत तह (कक्षा ८) उत्तीर्ण वार्षिक परिक्षा बिहान ८ बजे देखि र अन्य कक्षाको दिउसो १ बजे देखि सञ्चालन गर्ने निर्णय गरेको थियाे ।

सोही अनुसार कक्षा ८ को मंगलबार पहिलो दिन अंग्रेजी विषयको परिक्षा शान्ति पूर्ण वातावरणमा सम्पन्न भएको शिक्षा शाखाकी प्राविधिक सहायक देवि मल्लले जानकारी दिनु भएको छ ।

कक्षा ८ को परीक्षाकाे गाउँपालिका स्तरीय परिक्षा अनुगमन समितिले अनुगमन समेत गरि रहेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation