
देउखुरी । डिभिजन वन कार्यालय देउखुरी लमहीको आयोजना र करम्दि सामुदायिक वन उपभोक्ता समुह राप्ती २ बराखुट्टीको समन्वयमा एकदिने वन क्षेत्र भित्र डढेलो तथा ज्वलांशिल पदार्थको व्यवस्थापन वन बन्यजन्तु, चोरी शिकारी नियन्त्रण लगायत विविध विषयमा तालिम हालै सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय देउखुरी लमहीको प्राविधिक सहयोगमा भएको तालिमको अध्यक्षता करम्दि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यमबहादुर रोका मगरको अध्यक्षता र राप्ती गाउँपालिका वार्ड नं २ का वडा सदस्य मन बहादुर पुन मगरको प्रमूख अथित्त्यामा सम्पन्न प्रशिक्षणमा करिब २०० उपभोक्ताको सहभागिता रहेकाे थियाे ।
प्रशिक्षणमा सब डिभिजन वन कार्यालय राप्ती मसुरियाका सहायक बन अधिकृत विनोद कुमार शाह, वन प्राबिधिक दामोदर डाँगी, शोभाराम बुढा मगर लगायतले प्रशिक्षण तथा मन्तव्य दिनु भएको थियो ।
उक्त करम्दि सामुदायिक वनको खण्ड नं ‘क’ मा डढेलो नियन्त्रण प्रदर्शनी (डेमोस्टेशन) गरिएको सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष यमबहादुर रोका मगरले जानकारी दिनु भयो ।