
काठमाडौं । नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा खारेजीका माग गर्दै नागरिक समाजले दबाबमूलक प्रदर्शन गरेको छ ।
स्वतन्त्र नागरिकले विभिन्न प्लेकार्डसहित नयाँ बानेश्वरस्थित एभरेष्ट होटलअघि प्रदर्शन गरेका हुन् । उनीहरुले आमनागरिकलाई नागरिकता विधेयक खारेजीका लागि सहयोग गर्न अपिलसमेत गरेका छन् ।
‘मुलुक बचाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो। कर्तव्य बोध गरौँ। दल, राजनीतिक विचार र आस्था भन्दामाथि उठी विशुद्ध नागरिकको रुपमा एकजुट हौँ’, अपिलमा भनिएको छ ।