मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लघुवित्तको ऋण मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न लघुवित्त कर्मचारी मञ्चको आग्रह

देउखुरी । आर्थिक मन्दीका कारण बैङ्कहरूले बढाएको ब्याजदरको विरोधमा उद्योगीहरू आन्दोलनमा छन् । अधिकांश सहकारी संस्थाहरू सङ्कटको अवस्थामा पुगेका छन् ।

पछिल्लो समय लघुवित्तको ऋण तिर्न नसक्दा घर परिवार उठिबास भएका समाचारहरू बिच २० लाख मुनीका ऋण मिनाहा हुनुपर्ने माग सहितको अभियान पनि चलिरहेको छ ।

यस्तो स्थितिमा लघुवित्त संस्थामा बढेको जोखिम न्यूनीकरण गर्न वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रममा लघुवित्तहरूले जोड दिएका छन।

यसैक्रममा देउखुरी लघुवित्त कर्मचारी मञ्चले सिसहनिया उघोग वाणिज्य संघको सभा हलमा देउखुरी लघुवित्त कर्मचारी मञ्चका अध्यक्ष तथा नेशनल लधुवित्त बित्तीय संस्था लिमिटेड जलुकेको शाखा प्रमुख केशवराज पोख्रेलको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय सिसहनियाका कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक जिवन केसीको प्रमुख आथित्यतामा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, टोल बिकास समिति तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अहिले देखिएको ऋण मिनाह लगाएर अन्य धेरै बिषयमा छलफल भएको थियो ।

कुनै एक व्यक्तिले लिएको ऋण अर्को व्यक्तिले गरेको बचतको रकम हो भन्ने कुरा ऋणीले कहिल्यै पनि बिर्सनु हुँदैन । आज कसैले म ऋण तिर्दिन भन्यो भने बैंकले बचतकर्ताको रकम फिर्ता दिन सक्दैन, त्यतिबेला ठूलो आन्दोलनको अवस्था आउन सक्छ । सर्वसाधारणले खाइ नखाई गरेको बचतबाटै बैंक तथा वित्तीय संस्थाबाट ऋण/सापटी लिएर लघुवित्तले ऋण दिएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाँका शाखा प्रमुख तथा देउखुरी लघुवित्त कर्मचारी मञ्चका सचिव सन्तोष पौडेलले वताए ।

लघुवित्तका कारण नेपालमा धेरै ठूला उपलब्धि भएका छन् । वित्तीय साक्षरता, गरिबी निवारण, महिला चेतना, शिक्षा, स्वास्थ्य, शौचालय निर्माण, खानेपानीजस्ता यावत क्षेत्रमा लघुवित्तले ठूलो योगदान गरेको छ । तर लघुवित्तको ऋण मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न सचेत समेत गराए ।

कायक्रमको सुभारम्भमा लघुवित्तको विकासक्रमको बारेमा किसान लधुवित्त बित्तीय संस्था लिमिटेड नर्तीका शाखा प्रमुख चेतराज जैसीले र फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नर्तिका शाखा प्रमुख रिसुलाल चौधरीले सुरूवाती चरणबाट लघुवित्तको महत्व के कस्तो थियो र अहिले कस्तो छ यस बारे साक्षर गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ईलाका प्रहरी कार्यालय सिसहनियाका कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक जिवन केसी, सिसहनिया उघोग वाणिज्य संघ सिसहनियाका अध्यक्ष पुर्ण बहादुर बुढाथोकी, राप्ती गाउँपालिका वडा नम्वर ५ लठुवावा टोल बिकास समितीको उपाध्यक्ष कमला देवी रेग्मी लगायतले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाका शाखा प्रमुख शिला जिसीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको संचालन उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड सिसहनियाँका शाखा प्रमुख तथा देउखुरी लघुवित्त कर्मचारी मञ्चका सचिव सन्तोष पौडेलले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation