बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकाको आयोजनामा बिहीबारदेखि एकीकृत घुम्ती शिविर शुरु

मसुरिया । दाङको राप्ती गाउँपालिकाले एकीकृत घुम्ती शिविर शुरु गरेको छ ।

सर्वसाधारणहरुलाई घरदैलोमै सेवा दिने उद्देश्य सहित गाउँपालिकाले घुम्ती शिविर थालनी  गरेको हो ।

गाउँपालिकाकाे वडा नम्बर नाै रुपाकाेट स्थित वडा कार्यलयबाट बिहीबार देखि घुम्ती शिविर शुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भएको छ ।

“सर्वसाधारणहरुलाई सेवा लिनका लागि गाउँपालिका कार्यलय सम्म आउन नपरोस् भन्नका लागि घरदैलोमा नै घुम्ती शिविरमार्फत एकीकृत सेवा उपलब्ध गराउन लागेका हौँ”, उहाँले भन्नुभयो ।

शिविर पालिकाकाे सबै वडामा आयोजना हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार चैत १७ गते वडा नम्बर ८ काे वडा कार्यलय, १८ गते वडा नम्बर ८ काे वडा कार्यलय, १९ गते वडा नम्बर ७ काे वडा कार्यलय, २० गते वडा नम्बर ६ काे वडा कार्यलय, २१ गते वडा नम्बर ५ काे वडा कार्यलय, २२ गते वडा नम्बर ४ काे वडा कार्यलय, २३ गते वडा नम्बर ३ काे वडा कार्यलय, २४ गते वडा नम्बर २ काे वडा कार्यलय र २६ गते वडा नम्बर १ काे वडा कार्यलयमा शिविरको आयोजना गरिएको छ ।

शिविरमा जेष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र र गरिब घरधुरी परिचयपत्र वितरण गरिने गरिब घरधुरी परिचयपत्र वितरण कार्यका संयाेजक बालचन्द्र गुरुङले जानकारी दिनुभएको छ ।

आज शिविरकाे पहिलो दिन ३५ घरपरिवार लाई गरिब घरधुरी परिचयपत्र वितरण गरिएको संयाेजक गुरुङले जानकारी दिनुभएको छ ।

त्यस्तै दुई जना व्यक्तिलाई अपाङ्गता परिचयपत्र र २३ जना लाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी शाखा प्रमुख जीवन कुमारी जिसीले जानकारी दिनु भएको छ ।

शिविरमा सहभागीहरूकाे प्रस्तावित भालुवाङ्ग अस्पतालका डाक्टर मनिष कुमार यादव द्वारा स्वास्थ्य परिक्षण समेत गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation