
दाङ । जिल्ला समन्वय समिति दाङका संयोजक एवं जिल्ला शिक्षा समन्वय प्रमुख नित्यानन्द शर्माले एसईई परीक्षा केन्द्रहरुको स्थलगत निरिक्षण गर्नु भएको छ ।
उहाँले निरिक्षणका क्रममा मावि डाँडागाउँ परीक्षा केन्द्र गोग्ली, गोरक्ष रत्ननाथ मावि परिक्षा केन्द्र चौघेरा, सरस्वती मावि काठेकोहल र रझेना मावि रझेना घोराही परिक्षा केन्द्रमा स्थलगत निरीक्षण गर्नु भएको हो ।
निरिक्षणका क्रममा समन्वय प्रमुख शर्माले परीक्षा केन्द्रहरुमा तोकिएको सामुदायीक तथा निजि विद्यालयहरूमा छात्र/छात्राहरु परीक्षामा सहभागी भएको पाइएको थियो ।