बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राष्ट्रिय जनमोर्चा राप्तीद्वारा संघीयताको विरोधमा कोण सभा

देउखुरी । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीको आयोजनामा चैत्र १६ गते सिसहनिया, मौरिघाट र लालमटियामा कोण सभा सम्पन्न भएको छ ।

सिसहनियामा भएको कोण सभालाई अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रिय सदस्य केशवराज खनाल र राजमो राप्तीका सल्लाहकार शमशेर बहादुर केसीले सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन राजमो राप्तीका उपाध्यक्ष गिरबहादुर पाैडेलले गर्नु भएको थियो ।

त्यसैगरी मौरिघाट पेट्रोल पम्प नजिक गरिएको कोणसभालाई राजमो राप्तीका गाउँ कमिटीका अध्यक्ष ठाकुर प्रसाद आचार्य, उपाध्यक्ष गिरबहादुर पाैडेलले सम्बोधन गर्नु भएको थियो भने सञ्चालन राजमो राप्तीका सचिव दलबहादुर घर्तिले गर्नु भएको थियो ।

त्यसैगरी लालमटिया चोकमा भएको कोण सभालाई अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पूर्णिमा आचार्य र राजमो राप्तीका उपाध्यक्ष गिरबहादुर पाैडेलले सम्बोधन गर्नु भएको थियो भने सञ्चालन दलबहादुर घर्तिले गर्नु भयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation