शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

नेरूडे लघुवित्त उपशाखा लालमटियाद्वारा वित्तीय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

देउखुरी । नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड उपशाखा कार्यलय लालमटियाले  नेरूडेको प्रतिबद्धता वित्तिय साक्षरता र उद्यमशीलता भन्ने मुल नाराका साथ आईतवार राप्ती उघोग वाणिज्य संघको सभा हल भालुबाङमा वित्तिय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ ।

बैंकिङ पहुच नपुगेको स्थानमा गरिबी निवारण गर्ने तथा सरल तथा सुलभ तवरबाट आफ्ना सदस्यलाई कर्जा लगानी गर्दै जिवनस्तर उकास्ने उदेश्यले खोलिएको यस संस्थाले दूरदराजमा रहेका अती विपन्न घरघुरीसंग पुगी आफ्नो लघुवित्त कार्यक्रम संचालन गरी रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त ‘घ’ वर्गको राष्ट्रिय स्तरको यस संस्थाले आफ्ना सदस्यको पक्षमा काम गरी रहेको प्रष्ट देख्न सकिएको छ ।

विगत देखिनै आफ्ना कार्यक्रमलाई प्रभावकारी बनाउदै लगिरहेको नेरूडे  लघुवित्तले आफ्ना विभिन्न शाखा मार्फत बिपन्न वर्गलाई प्रत्यक्ष सुविधा प्रदान गरिरहेको छ ।

यसै क्रममा नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड उपशाखा लालमटियाको केन्द्र नम्बर ३८ का केन्द्र प्रमुख दिलमाया धर्ति मगरको अध्यक्षता तथा नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड लुम्बिनी प्रदेश शाखा बुटवलका  प्रमुख हेम कुमार कारकको प्रमुख आथित्यता र नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रदेश शाखा  लेखापाल धिरज अधिकारीको विशिष्ट आथित्यतामा वित्तिय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठी  कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको परिचय, केन्द्र प्रमुखको काम कर्तव्य, बचतको प्रकारको बारेमा उपशाखा लालमटियाका कार्यालय प्रमुख रणबहादुर चन्दले केन्द्र प्रमुखहरूलाई  साक्षर पार्नु भएको थियो । कार्यक्रममा बोल्दै वित्तीय साक्षरता कार्यक्रम तथा केन्द्र प्रमुख गोष्ठीको मुल उद्देश्य बचत गर्ने बानिको विकास गरी बचत तथा कर्जाको पैसाले उद्मम गरी बचतकर्ताको आर्थिक स्थिती सुधार गर्नु रहेको बताउनु भयो ।

साथै ऋण लाई सही ठाउमा लगाउन जानेमा यसले आर्थिक स्थितिमा निकै सूधार हुने भएकाले अरूको लहलएमा नलागेर समयमै किस्ता तिरी आफ्नो बैंकिङ रेकर्ड नबिगार्न सबैमा अनुरोध समेत गर्नु भयो ।

कार्यक्रममा उठेका संस्थागत सदस्यहरूको जिज्ञासा प्रमुख अतिथि समेत रहनुभएका नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड लुम्बिनी प्रदेश शाखा बुटवलका प्रमुख हेम कुमार कारकले मेटाईदिनु भएको थियो भने अहिले बजारमा ऋण मिनाह गरिदिने भन्ने गिरोह सक्रिय रहेकोले यस्ता हल्लाको पछि नलाग्न पनि सबैलाई आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा उत्कृष्ट सदस्य तथा उत्कृष्ट केन्द्रलाई पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा लधुवित्त आफैंमा नराम्रो  नभएर यस्को प्रयोग  गर्न नजान्दा अहिले समस्याको रूपमा आएको उपस्थित अतिथिहरूको भनाई रहेको थियो ।

राप्ती गाउँपालिका वडा नम्वर १ का वडा सदस्य चुमान सिंह खत्री क्षेत्री, ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी नायव निरिक्षक गगन सिह ठकुरी, राप्ती उघोग वाणिज्य संघका  बरिष्ठ उपाध्यक्ष बाबुराम थापा र नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्र ३३ का केन्द्र प्रमुख तथा निर्णायक सिमा चौधरीले आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड उपशाखा लालमटियाका कर्मचारी पार्वती पुनको स्वागत मन्तब्य बाट सुरू भएको कार्यक्रमको संचालकको भुमिकामा यसै शाखाका कर्मचारी बिदेसनी चौधरीले गर्नु भएको थियो। यस किसिमको कार्यक्रम संचालन भएको देख्दा सदस्यहरु समेत हर्षित बनेका छन भने कार्यक्रम सन्देश मुलक भिडियो सामाग्री समेत प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation