शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती सामुदायिक वनको विशेष साधारणसभा सम्पन्न

भालुवाङ । राप्ती गाउँपालिका १ भालुवाङस्थित राप्ती सामुदायिक वन उपभोक्ता समुहको विशेष साधरण सभा आज भालुबाङमा सम्पन्न भएको छ ।

विशेष साधरण सभाले विगत ६ महिना अघि देखि राप्ती गाउँपालिका कार्यालय मसुरियाले समुदायिक वनको स्वीकृत समुह विधान, कार्य योजना र वन एन तथा वन कार्य योजना विपरित फोहोरजन्य पदार्थ समुदायिक वन क्षेत्रमा ट्रयाक्टर तथा अन्य सवारी साधन प्रयोग गरी दिनरात जथाभावी फोहर फालेको र पटक पटक यसो नगर्न अनुरोध गर्दा समेत जिम्मेवार जनप्रतिनिधिहरुले अनुरोध गर्दा पनि सुनवाई नभएको हुँदा सो कार्य तत्काल रोक्न अनुरोध गर्दै पत्रचार गर्ने निर्णय गरेको छ ।

साथै विशेष साधरण सभाले सव डिभिजन बन कार्यालय मसुरिया राप्ती र डिभिजन वन कार्यालय लमही देउखुरीमा सो निर्णय सहित तत्काल सो कार्य रोक्न अनुरोध गर्ने निर्णय गरेको छ । उक्त समुदायिक वनको एक नं प्लटकाे क खण्डमा रहेकाे बर्दबेला लगायतका घना वन क्षेत्रमा फोहर फालेको छ ।

भालुवाङ प्यूठान रोल्पा सडकखण्डसंग सटेको दक्षिणी भाग र राप्ती नदीको उत्तर ढिकमा सटेको सो वन क्षेत्र विभिन्न प्रजातिका रैथाने चराचुरुङ्गी र आगन्तुक पानी हाँस, साइबेरियन चराहरू प्रचुर मात्रामा विचरण गर्दछन भने बँदेल, मृग, राते, दुम्सी, स्याल, भेडे बाघ, चरी बाघ, बाँदर, भेडुवा लगायतका वन्यजन्तुहरुको आवागमन र बास स्थान रहेकाे छ । फोहर फाल्दा जैविक विविधतामा र वातावरणमा प्रतिकूल असर पर्न गई संकट सिर्जना हुने भएकोले सो कार्य कसैले पनि गर्न गराउन नहुने भन्दै तत्काल ति कार्य बन्द गर्न अन्यथा उपभोक्ता नै विरोधमा उत्रिनु पर्ने समेत निर्णय गरेकाे छ ।

समुहका अध्यक्ष खिमविक्रम शाहको अध्यक्षता र राप्ती गाउँपालिका वार्ड नं १ का अध्यक्ष गेम बहादुर खड्काको प्रमुख आतिथयतामा संपन्न भएको थियो । साधरण सभालाई राप्ती गाउँपालिका वार्ड नं १ का निवर्तमान अध्यक्ष तारा बहादुर डिसी, उपभोक्ता टीका झाक्रिमगर, गोमा केसी लगायतले सम्बोधन गर्नु भएको थियो । साधरण सभामा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्जवल बहादुर सिंह र नेरा मावि भालुबाङका प्रधानध्यापक लोकेन्द्र केसी, बिद्यालय ब्यवस्था समितीका सदस्य दुर्गा प्रसाद पन्थी, हामुमान गढी टोलका अध्यक्ष मोहन जिसि लगायतले मन्तव्य दिनुभएको थियो ।

विशेष साधरण सभामा भालुवाङ बजार गाँउ बगासोती र खर्क गाउँ तथा माछि ताल र शान्तिपुर चैते गाउँका झण्डै ४०० उपभोक्ताहरुको उपस्थिती रहेको थियो । समुहमा कुल ५४७ घरधुरी उपभोक्ता रहेका छन् । साधरण सभाको सञ्चालन सल्लाहकार महेश रिजालले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation