देउखुरी । प्यूठान झिम्रुक गाउँपालिका घर भई सशस्त्र प्रहरी बल २९ नं जिल्ला हेडक्वाटर ज्वालामाई गढ भालुबाङमा कार्यरत राम बहादुर सुनारका छोरा वर्ष ११ विवेक सुनार राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् ।
भालुवाङ पुल्चोक स्थित राप्ती पुल नजिकै आज अपरान्ह ४ बजे तिर नुहाउन गएका बेला सो दुर्घटना भएको थियो । बालकको खोजी कार्यमा सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय बासिन्दाद्वारा खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
त्यसैगरी सशस्त्र प्रहरीको गोताखोर टोली पनि प्रचालित भएको ज्वालामाई गणका गणपतिले जानकारी गराउनु भएको थियो ।