शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवामा सामुदायिक मेलमिलापकर्ताका लागि ४८ घण्टे आधारभुत तालिम

गढवा । दाङको गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा सामुदायिक मेलमिलापकर्ताका लागि ४८ घण्टे आधारभुत तालिमको उद्घाटन गरिएको छ ।

गढवा गाउँपालिका न्यायिक समिति संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै न्यायिक समितिकी संयोजक एवं गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले न्यायिक समितिका काम प्रभावकारी बनाउने र समुदाय स्तरमा पनि मेलमिलापका कामलाई थप सहज बनाउन तालिम सञ्चालन गरिएको जानकारी दिनु भयो । मेलमिलापबाट दुवै पक्षले न्यायको अनुभूति गर्ने भएकाले मेलमिलाप प्रक्रियालार्ई विशेष महत्त्वका साथ तालिमको आयोजना गरिएको बताउनु भयो ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिम पश्चात मेलमिलापकर्ताले न्यायको सिद्धान्त र आफ्नो मर्यादालाई ख्याल गर्दै सहजीकरण गर्नुपर्नेमा जोड दिनु भयो । ४८ घण्टे तालीम धेरै महत्वका साथ लिए न्याय प्रमालीमा थप सहयोग पुग्ने अपेक्षा आफ्नो रहेको बताउनुभयो ।

मेलमिलापको सिद्धान्त, उपादेयता, मेलमिलापकर्ताका गुण, विशेषता, क्षेत्राधिकार तथा यसको सही प्रयोगलगायत विषयमा जानकारी गराउने उद्देश्यले गढवा गाउँपालिकाको सभाहलमा बिहिबारदेखि तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष लेखराज थापा, गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, न्यायिक समिति सदस्य रेखा थापा, देवीलाल थारु कुमाल, गढवा गाउँपालिका न्यायिक समितिका सुरेश पौडेल लगाएतकाको उपस्थिति रहेको थियो ।

तालिमको प्रमुख प्रशिक्षकहरुमा दाङ देउखुरी जिल्ला अदालतका शाखा अधिकृत राजेन्द्र कुमार शर्मा रहनु भएको छ भने प्रशिक्षकहरुमा अधिवक्ता अर्जुन कुमार अधिकारी र रोहित चौधरी रहनु भएको छ ।

समुदाय स्तरमा मेलमिलापका काम गराउँदै आएका २४ जना सामुदायिक मेलमिलापकर्ता उक्त तालिममा सहभागी रहनु भएको छ ।

मेलमिलाप र स्थानीय तह, मेलमिलापका थप सीप, हानि नगरौँ सिद्धान्त र मेलमिलाप, मेलमिलापमा अवरोधको अवस्था र अवरोध हटाउने तरिका, मेलमिलापको प्रक्रिया तथा चरणलगायत विषयमा तालिम दिइनेछ ।

तालिममा गढवा गाउँपालिका न्यायिक समिति सदस्य रेखा थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation