मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

होटल पौवा भालुबाङले ७ औं स्थापना दिवसको अवसरमा निलसागर सेवाश्रमका असहायलाई फलफूल वितरण

देउखुरी । होटल पौवाले आफ्नो स्थापनाको ७ औ वर्ष ‘जहाँबाट आतिथ्यताको शुरुवात हुन्छ…’ भन्ने नाराका साथ बिबिध कार्यक्रम गरेर मनाएको छ । देशभर ११ वटा शाखा रहेको पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम राखेर स्थापना दिवस मनाएको छ ।

यसै क्रममा होटल पौवा भालुवाङ शाखाले निलसागर सेवाश्रममा आफ्नो ७ औं स्थापना दिवस मनाएको छ । राप्ती गाउँपालिका वडा नं. ८, पिपरीमा अवस्थित निलसागर सेवाश्रममा पुगेर त्यहाँ रहेका असहाय, अशक्तहरुलाई सहयोग स्वरुप फलफुल वितरण गरेको हो ।

फलफुल वितरण समारोहलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामाजिक उत्तरदायित्व अन्तर्गत वेसाहारा आश्रमका वेसाहार बुवा आमाहरुलाई सम्झेर सहयोग प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

भालुवाङ शाखाका म्यानेजर श्याम न्यौपानेले ७ औ वर्षको अवसर पारेर थोरै भएपनि मानव सेवा होस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत पौवाले नीलसागर सेवाश्रमा पुगेर फलफुल वितरण गरेको जानकारी दिए ।

पौवाले भालुवाङमा प्रभातफेरि सहित निलसागर सेवाश्रममा पुगेर फलफुल वितरण गरेको हो । उक्त आश्रममा सडकमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरुलाई उद्धार गरेर आश्रय दिने गरिएको छ । अहिले आश्रममा २६ जना आश्रित रहेका छन् ।

स्थापना दिवस मनाउन पौवामा आवद्ध कर्मचारी, लगानीकर्ता र शुभचिन्तकहरु नेपाली खना हाम्रो गौरव, नेपाली खानामा नेपाली उत्पादन प्रयोग गरौं, नेपाली पोशाक हाम्रो पहिचान, म नेपाली खाना मन पराउँछु, म नेपाली उत्पादन प्रयोग गर्छु जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रभातफेरिमा निस्केका थिए ।

११ वटै शाखामा कार्यक्रम :

सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल शाखाले बुटवलको योगीकुटीबाट प्रभातफेरि सहित लुम्बिनी प्रादेशिक अस्पताल पुगेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ भने भैरहवा शाखाले पनि गल्लामण्डी स्थित शाखाबाट प्रभातफेरि सहित भीम अस्पताल पुगेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

त्यसैगरि पोखरा शाखाले र्याली सहित मानवसेवा आश्रम पुगेर त्यहाँ आश्रितहरुलाई फलाहार भोजन गराएर स्थापना दिवस मनाएको छ भने पाल्पा शाखाले लुम्बिनी मेडिकल कलेजको प्रसुती वार्डमा भर्ना भएका आमाहरुलाई फलफुल वितरण गरेको छ ।

उता रेशुङ्गा र गोरुसिङ्गे शाखाले स्थानीय मन्दिर र सार्वजनिक स्थलको सरसफाई गरेर स्थापना दिवस मनाएको पौवाले जनाएको छ । पौवाको घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानको मोडिकल वार्डका विरामीलाई फलफुल वितरण तथा धनगढी शाखाले सेती प्रादेशिक अस्पतालमा भर्ना रहेका बिरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए ।

त्यसैगरी जुम्ला शाखाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्रसुती वार्डमा फलफुल वितरण गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation