
भालुवाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यक्तित्व विकास सँगै नागरिकहरुलाई जनसेवामा समर्पित गराउने कार्यमा स्काउटको महत्त्वपूर्ण भूमिका हुने बताउनु भएको छ ।
राप्ती गाउँपालिकाकाे सहयोग तथा स्थानीय स्काउट कार्यलय राप्ती गाउँपालिकाकाे आयोजनामा सामुदायिक विद्यालयका आधारभूत र माध्यमिक विद्यालयका शिक्षकहरूका लागि शनिबारदेखि शुरु भएको एक हप्ते बि.टि.सी. आधारभूत स्काउट ( प्रशिक्षक प्रशिक्षण) तालिम उद्घाटन कार्यक्रममा बाेल्दै साे कुरा बताउनु भएको हाे ।
त्यस्तै समाजमा स्वयमसेवा गर्नेहरू घट्दै गइरहेको बेला स्काउटले समाजका विकृति र विसंगतिका विरुद्ध जुध्नका लागि अग्रसर बनाउँदै सकारात्मक सोचका साथ स्वयम्सेवी बनाउन विशेष भूमिका खेल्नु पर्नेमा कुरामा अध्यक्ष विष्टलेकाे जाेड रहेको थियो ।
स्काउटले नागरिकहरुलाई अनुशासित, आत्मनिर्भर र समाज सेवाको भाव अभिवृद्धि गर्ने भएकाले यसकाे आवश्यकता र महत्व बढ्दै गएको पनि उहाँले बताउनुभयो ।
तालिम वडा नं.२ स्थित आदर्श नमुना माध्यमिक विद्यालय लालटियामा चैत ३० गते सम्म सञ्चालन हुने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनु भएकाे छ ।
आधारभूत र माध्यमिक तहका बीस जना शिक्षकहरुकाे सहभागिता रहेको तालिमको प्रशिक्षकमा नेपाल स्काउट सहायक राष्ट्रिय प्रशिक्षक अचियुत प्रसाद पराजुली, नेपाल स्काउट लुम्बिनी प्रदेशका प्रदेश सदस्य रविन वली, तारा पुरी, पुकार ढकाल र अङ्कित आचार्य रहनु भएको छ ।