
दाङ । दाङ जिल्लामा भूमिहिन सुकुम्वासी, भूमिहिन दलित र अव्यवस्थीत बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु भएको छ । भूमि सम्वन्धि समस्या समाधान आयोग संगको सहकार्यमा स्थानीय सरकारले जग्गाको लालपुर्जा वितरण गर्ने उद्देश्य अनुसार जग्गाको निस्सा वितरण गर्न थालेका हुन । जिल्लामा करिब ७५ हजार अव्यवस्थीत बसोवासी र करिब २५ हजार भूमिहिन सुकुम्वासीको लगत संकलन गरिएको छ ।
राप्ती गाउँपालिकाले आइतबारबाट अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितहरुलाई निस्सा वितरण कार्य सुरु भएको छ । पालिकाले आइतबार वडा नं.१ र २ बाट निस्सा विरतण कार्य सुरु गरेको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडा नं. २ वाट निस्सा वितरण गर्दै यसको शुभाारम्भ गरेका छन् ।
व्यवथिस्त बसोबासका लागि पहिलो चरणमा निस्ता वितरण प्रकृया पुर्याएर सम्पूर्ण राप्तीमा अव्यवस्थित रुपमा बसेका, भूमिहीन, मुक्त समुदायमा बसोबास गरेर व्यक्तिहरुलाई लालपुर्जा वितरण गरिने छ ।
हालसम्म बसोबास गर्दै आएको र भोगचल गर्दै आएको जग्गा प्रमाणको रुपमा निस्सा दिईएको छ । उक्त जग्गामा कसैको दावी विरोध नपरेमा जग्गा नापेर संघ र प्रदेशको निर्वाचन पछि प्रकृया पुरा गरेर जग्गाको लालपुर्जा वितरण गर्ने तयारी रहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए ।
पालिकाले पहिलो दिन आइतबार वडा नं.१ र २ बाट विरतण कार्य सुरु गरेको छ । अव्यवस्थित बसोबासका ३ हजार ७ सय २८, भूमिहीन सुकुम्बासीका ५ सय ७६ र भूमिहीन दलितका २ सय १६ गरी जम्मा ४ हजार ५ सय २० जनालाई निस्सा वितरण गर्दै छ ।
पटक पटक आयोग गठन हुने तर, काम नहुदा भूमिहिन सुकुम्वासी अझैं विश्वस्त छैनन् । निस्सा वितरण गरेझैं जग्गाको लालपुर्जा हातमा नपर्दा सम्म ढुक्क हुने अवस्था अझैं बनिसकेको छैन्, राप्ती गाउँपालिका वडा नं. २ का गगन पुरी बसोवास गर्दै आएको जग्गाको निस्सा पाएपछी जग्गाको पुर्जा पाइनेमा आशावादी देखिएका छन् ।
पालिकाले आइतबार वडा नं. १ मा ३ सय २० र वडा नं. २ मा ४ सय ८७ गरी कुल ८०७ जनालाई निस्सा वितरण गरिएको पालिकाका प्रवत्ता तथा वडा नं. २ का वडा अध्यक्ष पहलमान चौधरीले जानकारी दिए ।
निस्सा वितरणको काम भाद्र ३१ गतेसम्म रहेन ।