भालुवाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल अन्तरगत स्थानीय वन महासंघ राप्ती गाउँपालिकाको अध्यक्षमा घण्टदेव सामुदायिक वनका अध्यक्ष दलबहादुर घर्ती मगर सर्वसम्मत निर्वाचित भएका छन् ।
महासंघको आइतवार भालुवाङमा आयोजित दोस्रो अधिवेशनबाट घर्तीकै अध्यक्षतामा एक सदस्य पछि थप्ने गरि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा गिरीराज पौडेल, सचिवमा सरिता केसी, कोषाध्यक्षमा निर्मला रोका रहेका छन् । त्यसै गरि सदस्यहरुमा गिरबहादुर गाहा, भिमलाल न्यौपाने, तेजबहादुर पुन, भिमबहादुर चौधरी, छविलाल चौधरी, चन्द्रमणी पाण्डे, जगनारायण चौधरी, बसन्ता सार्की कल्पना घर्ती र दुर्गी सार्की रहेका छन् ।
त्यसै गरी शान्ति सुनारको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा अनुगमन समिति र हुमप्रसाद आचार्यको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति गठन गरिएको छ । त्यस्तै जिल्ला प्रतिनिधिका लागि हरिप्रसाद भुसाल, हरिप्रसाद श्रेष्ठ, टिका पुन मगर, जगदम्बाकुमारी चौधरी, अमृता परियार संगिता बेल्वासेको नाम सिफारिस गरिएको छ भने प्रदेश प्रतिनिधिका लागि सनिराम चौधरी, वेदुलाल सुवेदी, यमबहादुर रोका मगर, श्यामा डाँगी रावत, शिला पौडेल र सिता कुमारी चौधरीको नाम सिफारिस गरि पठाउने निर्णय समेत गरेको छ । महासंघका अध्यक्ष हरिप्रसाद भुसालको अध्यक्षता एवम् जिल्ला वन महासंघका कोषाध्यक्ष कमलराज पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा राप्ती गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, गढवा वन महासंघका अध्यक्ष नवराज शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । महासंघ राप्तीका सदस्य तपराज आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासंघका उपाध्यक्ष गिरीराज पौडेलले गरेका थिए ।