शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा विद्यार्थी भर्ना सञ्चालन गर्नका लागि सराेकारवालाहरु सँग अन्तरक्रिया

देउखुरी । दाङको राप्ती गाउँपालिकाले शैक्षिकसत्र २०८० काे विद्यार्थी भर्ना अभियान सम्बन्धी सराेकारवालाहरु सँग एकदिवसीय अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ ।

पालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाकाे आयोजनामा सम्पन्न भएको साे कार्यक्रममा बाेल्ने वक्ताहरूले विद्यार्थी भर्ना अभियानलाई प्रत्येक टाेल टाेल सम्म पुर्याउनु पर्ने र विगतका वर्षहरूमा विद्यार्थीहरु विद्यालय भर्ना हुन छुट्नुकाे कारण पत्ता लगाई उनीहरूलाई समयमै विद्यालयमा भर्ना गर्नु पर्ने कुरामा जाेड दिएका थिए ।

त्यस्तै उनीहरूले पालिकाले लागू गरेकाे कक्षा दश सम्मकाे निशुल्क र गुणस्तरीय शिक्षा कार्यनयन गर्न शिक्षक, विद्यार्थी, अभिभावक र सबै सराेकारवाला पक्षहरु सकारात्मक साेचका साथ एक जुट हुनु पर्ने बातएका थिए ।

कार्यक्रममा सहभागी सराेकारवाला व्यक्तिहरुले आगामी दिनमा पालिकाकाे शैक्षिक क्षेत्र लाई थप सुधार गर्नका लागि समूहगत रुपमा सुझाव समेत दिएका थिए ।

पालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा कार्यपालिकाका सदस्य, गाउँ शिक्षा समितिका पदाधिकारी, सामुदायिक र संस्थागत विद्यालयकाका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, राजनैतिक दलका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरु लगायत अन्य सराेकारवाला व्यक्तिहरुकाे सहभागीता रहेकाे थियोे ।

पालिकामा आगामी बैशाख तीन गते देखि समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने मुल नाराका साथ विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation