तुलसीपुर । आफैलाई गोली हानेर दाङमा एक जना सशस्त्र प्रहरी हवल्दारले आत्महत्या गरका छन् । आत्महत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।
उनी सशस्त्र प्रहरी सहायक हवल्दार पदमा रहि कारागार सुरक्षा बेस तुल्सीपुर दाङमा कार्यरत रहेका थिए । आइतबार बेलुका ८: ४० बजे कारागार भित्र डिउटीमा रहेको बेला एस.एल.आर.राइफलले चिउडाेमा हान्दा टाउकोकाे उपल्लाे भागबाट गाेली निस्किएको छ ।
केसीको शवलाई पाेष्टमार्टमकाे लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।