शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवामा वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण

गढवा । दाङको गढवा गाउँपालिका वडा नम्बर ३ को कार्यालयले वडा अन्तर्गतका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई दराज वितरण गरेको छ ।

स्थानीयस्तरको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेको भूमिकाको उच्च कदर गर्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई  सम्मान स्वरुप दराज वितण गरिएको गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसी राम अधिकारीले जानकारी दिनु भयो ।

गर्भवती देखि सुत्केरी हुँदासम्म नवजात शिशुको नियमित खोप देखि कोभिड-१९ को महमारी, हात्तीपाईले रोग निवारणका लागि वडामा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन अभियान लगायतको अन्य स्वास्थ्य क्षेत्रमा  गाउँघर र टोलटोलमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेकोे भूमिकाको जति प्रशंसा गरे पनि कम हुने वडाध्यक्ष तुलसी राम अधिकारीले बताउनु भयो ।

स्वास्थका आधारस्तम्भ भनेको महिला स्वास्थ्य स्वयंसेविका भएको भन्दै मातृशिशु मृत्युदर घटाउन र सरुवा रोगबाट बचाउन प्रमुख भूमिका  महिला स्वास्थ्य स्वयंसेविकाको नै रहेको भन्दै प्रशंसा समेत गर्नुभयो ।

दराज पाइसकेपछि स्वास्थ्य स्वयंसेविका श्री कुमारी चौधरीले वडा कार्यालयलाई धन्यवाद दिँदै आगामी दिनमा आफूहरुको मनोबल बढाउने कार्यक्रम गर्न आग्रह गर्नु भयो  । दिनरात नभनी आफ्नो सेवामा निरन्तर लागि रहेका स्वास्थ्य स्वयंसेविका वडा कार्यालयबाट दराज पाएपछि हर्षित हुदै धन्यबाद समेत दिनु भयो । दराज पाए पछी आफ्नो कलम, कापी, झोला, राजिष्टर, महत्वपूर्ण कागजात राख्न सहज हुने महिला स्वास्थ्य स्वयंसेविका श्री कुमारी चौधरीले बताउनु भयो ।

आठ वटा वडा रहेको गढवा गाउँपालिकामा ८२ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहनु भएको छ भने वडा नम्बर तिनमा मात्र १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेको गढवा गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख द्रोपदा सुबेदीले जानकारी दिनु भयो ।

दराज वितरण कार्यक्रममा वडा सदस्यहरु आशाराम चौधरी, चन्द्रा केसी र बिमल कुमार चौधरी, आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख कृष्ण प्रसाद भट्टराई, धनोज यादव, शोभा रावत क्षेत्री लगाएतको उपस्थिति रहेको थियो ।वडा नम्बर ३ अन्तर्गतका १० जना स्वास्थ्य स्वयंसेविकालाई वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को बिनियोजीत बजेटबाट स्टिलको दराज खरिद गरी वितरण गरेको हो ।

दराज वितरण कार्यक्रममा तिन नम्बर वडाका सदस्यहरु आशाराम चौधरी, चन्द्रा केसी, आधारभूत स्वास्थ्य सेवा केन्द्र गोबरडियाका प्रमुख कृष्ण प्रसाद भट्टराई, महिला स्वास्थ्य स्वयंसेविका श्री कुमारी चौधरीले मनतब्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका वडा नम्बर तिनका वडा सचिव शिव कुमार चौधरीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation