सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

आज सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले दोष नलाग्ने

आज लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।

सूर्य ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिङ्गापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्युजिल्याण्डमा देखिने छ ।

यस वर्ष आजसहित असोज २७ गते र चैत २६ गते सूर्य ग्रहण लाग्दैछ । तर यी तीनै पटकका ग्रहण नेपालबाट नदेखिने समितिले जनाएको छ । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिने समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation