शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशमा ३ अर्ब नाघ्यो बेरुजु रकम

बुटवल । लुम्बिनी प्रदेशमा बेरुजुको चाङ बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले विहिबार प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको प्रतिवदेन अनुसार बेरुजुको अवस्था डर लाग्दो देखिएको छ ।

बिहिवार उप महापरीक्षक बामदेव शर्मा अधिकारीले प्रदेश प्रमुख शेरचनलाई आर्थिक वर्ष २०७८ र ०७९ को प्रतिवेदन बुझाएका छन् । उक्त प्रतिवेदन अनुसार १ अर्ब ४९ करोड ८० लाख ८५ हजार आर्थिक वर्षमा बेरुजु देखिएको छ ।

लुम्बिनीमा बेरुजु कूल रकम ३ अर्ब ५ करोड ८१ लाख पुगेको छ । गत आर्थिक वर्षमा १ अर्ब ७० करोड ७६ लाख ४० हजार बेरुजु देखिएकोमा १४ करोड ६६ लाख ५० हजार सम्परीक्षण भई १ अर्ब ५६ करोड ९० बजार बेरुजु फर्छ्यौट हुन सकेको थिएन ।

महालेखाको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले बेरुजु रकम फर्छ्यौंट हुन नसक्ने तथा यसको दर वार्षिक रुपमा बढ्दै जाँनुले भ्रष्टाचार पनि बढ्दै गएको संकेत गर्ने उल्लेख गरे ।

महालेखाले बुझाएको ५ औं वार्षिक प्रतिवेदन यसअघिका भन्दा सुधारसहित विश्लेषणात्मक पाइएको बताउँदै शेरचनले यसलाई अझ बढी विश्लेषणात्मक र सरकार तथा सर्वाजनिक निकायका सबै गतिविधिलाई जस्ताको त्यस्तै बाहिर ल्याउने गरी प्रतिवेदन तयार पार्न सुझाब दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation