
देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ काे बुढीचाैरमा शनिबार एक घरमा आगलागी भएको छ ।
दिउँसो करिब साढे बाह्र बजे राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट ओलीको तीन काेठे एक तले फुसले छाएको कच्ची घर तथा घरमा रहेका नगद १५ हजार रुपैयाँ सहित खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, कागज पत्र समेत जल्दा करीब रु ५ लाख १५ हजार बराबरको क्षति भएको प्रहरी चाैकी मसुरीयाका सई निम बहादुर खत्री ले जानकारी दिनु भएको छ ।
आगलागी नेपाल प्रहरी र स्थानीयवासी लगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।