मङ्लबार, बैशाख ३०, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राजधानी क्षेत्रको जग्गा फुकुवा नभए १७ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने व्यवसायीहरुको चेतावनी

देउखुरी । लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको रोक्का जग्गा यथाशिघ्र फुकुवा नभए आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

आइतवार उद्योग व्यापार संघ राप्ती दाङले लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको रोक्का जग्गा यथाशिघ्र फुकुवा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

उद्योग व्यापार संघ राप्ती दाङका अध्यक्ष गञ्जबहादुर विष्टको नेतृत्वमा आइतवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र सभामुख तुलाराम घर्तीलाइ ज्ञापन पत्र बुझाउँदै व्यवसायीहरुले चेतावनी दिएका हुन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लिला गिरीले प्रेसर गर्दैमा सरकारको उदेश्य पुरा नहुदै जग्गा नखुल्ने प्रतिकृया दिएका छन् ।

यदि वैशाख १६ गते सम्म जग्गा फुकुवा नभए वैशाख १७ गते देखि विभिन्न संघ संस्था, राजनैतिक दल, नागरिक समाज, उद्योगी व्यापारीहरु द्धारा चरणबद्ध तरिकाले शान्तिपुर्ण आन्दोलन गर्ने उद्योग व्यापार संघ राप्ती दाङका अध्यक्ष गञ्जबहादुर विष्टले बताएका छन् ।

२०७७ असोज १६ गते तत्कालिन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बुटवलले राप्ती गाउँपालिकाको ९ वटै वडा, गढवाको १, २ र ३ तथा सितगंगा नगरपालिकाको ८ र ९ नम्बर वडामा क्षेत्रका जग्गा रोक्का गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation