सोमवार, कार्तिक २५, २०८२

फ्लाई दुबईको प्लेनमा आकाशमै आगलागी, आकस्मिक अवतरणको तयारी

काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास गरिँदैछ ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी लालमणि आचार्यले जहाजमा समस्या आएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको जानकारी दिए ।

फ्लाई दुबईको एफजेट ५७६ नम्बरको जहाज ९ बजेर २३ मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो । अहिले जहाज आकाशमै फन्को लगाइरहेको छ ।

काठमाडौंबाट उडेपछि जहाजको एउटा इन्जिनमा आगलागी भएको एक जना कर्मचारीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation