बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

फ्लाई दुबईको विमान गन्तव्यतिर, प्राधिकरणका प्रवक्ता भन्छन्- इन्जिनमा सामान्य समस्या देखिएको थियो

काठमाडौंसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाई दुबईको विमान गन्तव्यतिर उडेको जानकारी दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने बेला अस्वभाविक आवाज आएपछि विमानस्थलले फोर्स ल्यान्डिङको तयारी गरेको थियो । विमानमा आवाज आएको र आगो लागेको देखेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

मन्त्री किरातीले फ्लाई दुबईको विमान सुरक्षित गन्तव्यतिर हिँडेको कोही चिन्ता लिन नपर्ने जानकारी दिएका छन् । विमानमा १६३ जना यात्रु सवार छन् ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले पनि विमान गन्तव्यतिर गएको जानकारी दिए । उनले विमानको इन्जिनमा सामान्य समस्या देखिएको बताए ।

‘कहिलेकाहीँ इन्जिनमा सामान्य समस्या देखिन्छ । त्यो नेपालको आकाशमा होल्ड गर्ने बेला नै समाधान भएको जानकारी पाएका छौं । विमान गन्तव्यतिर गएको छ,’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation