बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लागु पदार्थ दुर्व्यसन तथा बाल बिबाह बिरुद्ध सचेतना र सरसफाइ अभियान

भालुवाङ  दाङको राप्ती गाउँपालिका ५ कालापानी स्थित दोलाई खोला सरसफाई गरिएको छ ।

राप्ती गाउँपालिकाको समग्र विकास र सम्मृद्धिको लागि सञ्चालित राप्ती निर्माण  अभियान अन्तर्गत शनिबार  दाेलाई खाेलामा बृहत्त सरसफाई गरिएको छ । “सवै पार्टी सवै दल, सरसफाईमा लगाउ बल” भन्ने मुल नाराका साथ सुरू गरिएको सरसफाई अभियान अन्तर्गत सो कार्यक्रममा चर्चित हाँस्य टेलिश्रीङखला मेरि बास्सैका कलाकार सुरवीर पण्डित( दाह्री बा) को टिम सँगै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली सहित जनप्रतिनिधि, उद्योगी व्यापारी, प्रहरी, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सिसहनियाँ बजार क्षेत्रबाट निस्कने फोहोर व्यापारीहरूले सिधै खोलामा फाल्दा खोलानै दुर्गन्धित हुन थालेपछि गाउँपालिकाको पहलमा खोला सरसफाई गरिएको हो । सो अवसरमा सरसफाई, बाल विवाह र लागू औषध दुर्व्यशन सम्बन्धि सचेतना मुलक सडक नाटक समेत प्रदर्शन गरिएको छ । राप्ती गाउँपालिका दाङ र भाइब्रेसन मिडिया प्रालिको सहकार्यमा शनिबार देखि साेमबार सम्म पालिकाकाे विभिन्न स्थानहरुमा जनचेतना मूलक सडक नाटक प्रदर्शन हुने भएको छ ।

साेही कार्यक्रम अन्तर्गत शनिबार पहिलो दिन राप्ती गाउँपालिका ५ सिसहनियाँ बजारमा नाटक प्रदर्शन गरिएको छ । दिउँसो वडा नम्बर ७ को सरस्वती आधारभूत विद्यालय छोटकी सिसहनियाँमा र वडा नम्बर ६ काे वडा कार्यालय भवन परिसरमा नाटक प्रदर्शन  गरिएको छ ।

नाटकमा बाल विवाह, धुम्रपान, मद्यपान, लागु पदार्थ दुर्व्यसन विरुद्ध तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी विषय बस्तु समेटिएको छ ।

नाटकमा राष्ट्रिय कलाकार सुरवीर पण्डित (दाह्रीबा), विष्णु गैरे, सुरेश असिम, रोहनी लामा, रोहित खत्री, दीपेन्द्र पण्डित लगायतका कलाकारहरू रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation