बिहिबार, माघ २३, २०८२

ऐतिहासिक तीन नियम अभियान उद्घाटन

दाङ । नेकपा (मसाल) केन्द्रिय समितिको घोषित कार्यक्रम अन्तर्गत जिल्ला समिति दाङ देउखुरीको आयोजनामा १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा तीन अभियानको उद्घाटन समारोह सम्पन्न भएको छ ।

ऐतिहासिक तीन अभियानलाई सफल पारौ! क्रान्तिकारी रूपान्तरण गरौं!! भन्ने मूल नाराका साथ तीन अभियानको उद्घाटन प्रमुख अतिथि राजमो केन्द्रिय समितिको सल्लाहाकार एवम् तराई मधेश जनवादी मोर्चाका केन्द्रिय अध्यक्ष बद्रे आलमले मैन बत्ती बालेर एक भव्य समारोहको बीच गर्नु भयो । आफनो उद्घाटन भाषणमा उहाँले तीन अभियान नेकपाकाे स्थापनाको ७५ औं वर्षगाठको हिरक वर्ष, महान लेनिनको जन्म भएको एक सय बर्ष पुगेको अवसरमा शताब्दी जयन्ती एवम् नेकपा मसालको आगामी ९ औं महाधिवेशनको तयारी समेतलाई वर्षभरि उत्सवको रुपमा मनाउने गरी तय गरिएको अभियानलाई तीन अभियान भनेर नेकपा मसाल केन्द्रिय समितिले हालै गरेकाे निर्णय हो ।

नेकपा मसाल जिल्ला समिति दाङ देउखुरीका प्रवक्ता भरत भण्डारीको अध्यक्ष्यता, अखिल नेपाल किसान महासंघका केन्द्रिय कोसाध्यक्ष्य प्रेम नारायण आचार्यको स्वागत् मन्तब्य र ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण गरी शुरु भएको उद्घाटन समारोहलाई राजमो दाङ्गका अध्यक्ष गणेश आचार्य, अखिल नेपाल ट्रेड यूनियन महासंघ दाङ जिल्ला सचिव तुलसीराम पन्थी, अखिल नेपाल युवक संघ दाङका उपाध्यक्ष लेखराज आचार्य, अखिल नेपाल किसान महासंघ (अप्फा) दाङका अध्यक्ष ऋषिराम पाैडेल, अखिल नेपाल शिक्षक संघ दाङका अध्यक्ष रुमाल प्रसाद बस्याल, अखिल नेपाल बुद्धिजीवी संघ दाङका अध्यक्ष चुनचुन केसी, अखिल नेपाल कानुन व्यवसायी संघका दाङ्गका अध्यक्ष नुमानन्द आचार्य, अखिल नेपाल जनजाति सम्मेलन दाङका अध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ दाङका अध्यक्ष ठाकुर प्रसाद भण्डारी, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पूर्णिमा आचार्य, रक्तिम सांस्कृतिक अभियान दाङका अध्यक्ष अनन्त आचार्य, जातिय समता समाज दाङका अध्यक्ष सूर्यलाल नेपाली र अखिल छैंठौ दाङ जिल्ला समितिका सचिव दिनेश रैदास लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

सोही समारोहमा १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको महत्त्व बारेपनि व्यापक छलफल गरिएको थियो र तीन अभियानको विस्तृत वर्षभरि कार्यक्रमको दस्तावेज अखिल नेपाल युवक संघका पुर्व केन्द्रिय अध्यक्ष काशीनाथ पोख्रेलले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन राजमो दाङ्गका सल्लाहाकार शुक्र भण्डारीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation