काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट अवार्ड हात पारेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गर्दा सन्दीपले प्लेयर अफ द टुर्नामेन्ट अवार्ड हात पारे ।
यता फाइनलमा नेपालका लागि महत्वपूर्ण ६७ रन बनाएका गुल्सन झा प्लेयर अफ द म्याच घोषित भए । त्यसैगरी, यूएईका भृत्य अरविन्द वेस्ट ब्याट्सम्यान तथा ओमान विलाल खान वेस्ट बलर घोषित भए ।
उपाधिसँगै नेपालले पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाएको छ । एसिया कपमा समूह ‘ए’ मा रहँदै नेपालले पाकिस्तान र भारतसँग खेल्नेछ ।