
देउखुरी । दाङकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूले प्राप्त गर्ने सेवा सुविधा बापतको रकमबाट पालिकाका एक अति विपन्न परिवारलाई घर निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको छ ।
पालिकाकाे वडा नं ३ स्थित नयाँ बस्तीमा बस्ने मृगौला राेगी तथा अति विपन्न उमेश घर्ती मगरलाई घर निर्माणमा सहयाेग गर्ने उदेश्यले तीस हजार रुपैयाँको चेक प्रदान गर्नु भएको हाे ।
त्यस्तै साे अवसरमा घर्तीलाई प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पाेख्रेलले तीन हजार र राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली दुई हजार नगद सहयोग गर्नु भएको थियो भने निर्माण समाजसेवी गन्ज बहादुर विष्ट, तुला गिरी, झग्गु अधिकारी र सरद गिरीले फर्निचरका सामाग्री लगायत ढुङ्गा, गिट्टी, बालुवा सहयोग गर्नु भएको छ ।