दाङको तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको ज्यान गएको छ । शाैचालयमा लडेर तुलसीपुर उपमहानगरपालिका ६ कपडादेवीकी ३८ वर्षीया कमला लामिछानेकाे ज्यान गएकाे इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
छिमेकी दिदी नाता पर्ने तेजकुमारी लामिछानेको घरमा आज बुधवार दिउँसाे शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टाे अवस्थामा देखेपछि उहाँलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । अस्पताल पुर्याएकाे केहीबेरमै उहाँलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।