सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा निर्माण भएको साेलार लिफ्ट सिचाइ आयोजनाको उद्घाटन

देउखुरी । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बाउनीपाटामा निर्माण भएको बाउन्नीपाटा साेलार लिफ्ट सिचाइ आयोजनाको आज आईतवार एक कार्यक्रमका बिच उद्घाटन भएको छ ।

आयोजनाको लुम्बिनी प्रदेशका पूर्व भाैतिक पुर्वाधार मन्त्री तथा सांसद इन्द्रजित थारु र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्तरूपमा उद्घाटन गर्नु भएको हाे ।

उद्घाटन कार्यक्रममा बाेल्दै सांसद चाैधरीले कृषिको मुख्य संरचना सिचाइ भएको बताउदै सिचाइ सँगसँगै आधुनिक तथा व्यावसायिक खेतीपातीमा जाेड दिनु पर्ने बताउनुभयो ।

त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले परम्परागत खेतीपाती लाई परिवर्तन गर्दै आधुनिक कृषि प्रणाली अपनाउनु पर्ने बताउनुभयो । सिचाइकाे सुविधा भए सँगै उत्पादित कृषि जन्य बस्तुहरु बिक्री वितरण गरि स्थानीयहरुकाे आर्थिक आय आर्जनमा समेत टेवा पुग्ने अध्यक्ष विष्टकाे विश्वास रहेको छ ।

उहाँले कृषकहरूलाई उत्पादनमा जाेड दिन आग्रह गर्दै कृषकहरुकाे हरेक समस्या समाधान गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

राप्ती गाउँपालिकाकाे १५ लाख, नामसालिङ सामुदायिक विकास केन्द्रकाे १९ लाख १७ हजार र स्थानीय उपाेक्ताहरुकाे ३ लाख ८० हजार ५ सय ३ रुपैयाँ ९८ पैसा बराबरको श्रमदान गरि कुल ३७ लाख ९७ हजार ५ सय ३ रुपैयाँ ९८ रुपैयाँकाे लागतमा आयोजना सञ्चालनमा ल्याइएको हो ।

उक्त क्षेत्रका बासिन्दाले लामो समयदेखि सिचाईको सास्ती भोग्नु परेको थियो । सिचाइका लागि करिब ६ सय मिटर तल घाेसखाेला बाट पानी साेलार लिफ्ट गरिएको छ ।

उक्त सिचाई आयोजना संचालनमा आएपछि बाउनीपाटा, घाेप्टे र चरिङ्गे लगायत गाउँका करिब ४५ घरधुरीका स्थानीयहरु सिचाइ सुविधा बाट प्रत्यक्ष लाभान्वित भएका छन् भने १९ बिगाह जमिनमा सिचाइ हुने भएको वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिनु भएको छ ।

बाउनीपाटा साेलार लिफ्ट सिचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर सुनारी मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व भाैतिक पुर्वाधार मन्त्री तथा सभासद इन्द्रजित थारुकाे प्रमुख आतिथ्यता र राप्ती गाउँ पालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी, ९ का अध्यक्ष रिम बहादुर सुनारी मगर, वडा नम्बर २ का पूर्व वडा अध्यक्ष जगत थापा, नामसालिङ सामुदायिक विकास केन्द्रका दाङ जिल्ला संयाेजक शशांक आचार्य लगायतले सिचाइ सुविधाको सेवा सँगै आधुनिक कृषि प्रणाली अपनाउनु पर्ने कुरामा जाेड दिनुभएको थियो ।

सिचाइ आयोजना अनुगमन समितिका संयाेजक केहर सिंह तारमी मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयाेजक धर्म यादबले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation