भालुवाङ । सोसाइटी वेलफेयर एक्सन नेपाल ( स्वान ) दाङको कार्यक्रम आइतबार बिहान देउखुरीको राप्ती गाउँ पालिका सभाहल, मसुरियामा सम्पन्न भएको छ ।
राप्ती गाउँ पालिका स्तरीय सराेकारवाला निकायसँग आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि सम्बाद कार्यक्रममा सो पालिका अन्तरगत रहेका त्यहाँ उपस्थित अधिकांश किसानहरुले आ-आफ्नो धारणा राखेका थिए ।
युरोपेली देश स्वीडेनस्थित आइ एम स्वीडिस डेभलपमेण्ट पार्टनरकाे आर्थिक सहयोगमा भएको उक्त कार्यक्रमको सहजीकरण पत्रकार दशरथ घिमिरेले गरेका थिए । किसानहरुका समस्या र तिनका समाधानका उपायहरू पहिल्याउन कार्यक्रम गरिएको आयोजकले बताएको छ ।