बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

सर्पको टोकाइ बाट देउखुरिमा एक बालिकाको मृत्यु

देउखुरी । सर्पले डसेर दाङमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका – ५ महतिनिखोला निवासी ११ वर्षीया सानुमाया विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार पौडेलले जानकारी दिए ।

बिहीवार राति १० बजे घरमै सुतेको बेला देब्रे हातको औलामा सर्पले डसेको थियो । कुन सर्पले डस्यो भन्ने पहिचान नभएको मृतकका बुवा गंगाराम विकले बताए । सानुमायाकी आमा सविना विक राजपुर गाउँपालिका -५ को वडासदस्य हुन् ।
सर्पले डसेर गम्भीर अवस्थाकी सानुमायालाई उपचारको लागि लमही अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । विककाे शव पाेस्ट मार्टमका लागि लमही अस्पताल राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation