
गढवा । गढवा वडा नं १ मलमला द्वारा सञ्चालित विभिन्न तिन वटा आधारभूत तालिमहरु आईतवार सम्पन्न भएको छ ।
वडा कार्यालयको आर्थिक वर्ष २०७९/०८० को गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको १ नम्बर वडा कार्यालयले जनाएको छ ।
समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले करोडौ बजेट खर्चे पनि हालको अवस्थामा सिप सिकेर व्यवसायिक बनेको संख्या शुन्य जस्तै भएको बताउदै तालिम पश्चात व्यवसायिक रुपमा लागी आय आर्जन गरे मात्र तालिम सार्थक हुने बताउनु भयो। तालिम प्रभावकारी बनाउने तर्फ आफु नयाँ योजना बनाई रहेको बताउदै थोरै वाई तालीम दिने तर व्यवसायिक रुपमा काम गर्न चाहने व्यक्ती/समूहलाई बिशेष सहयोग गर्ने बताउनु भयो । हरेक बर्ष सैयौको संख्यामा विभिन्न तालिम दिने गरेको तर नतिजा शुन्य देखिएको बताउदै अब थोरै लाई तर क्षमतावान बनाउने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सिलाइ कटाइ तालिम/ब्युटिपारर्लर तालिम जीवन उपयोगी हुने भएकोले तिन महिना सम्म लगनशीलताका साथ सिकेका कुरा व्यवहारमा उतार्न सके जिवनको अवस्था बद्लिने बताउनुभयो। मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके जीवनमा परिवर्तन हुने उपाध्यक्ष चौधरीले बताउनुभयो । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने र सफल हुने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै वडा नम्बर एक का वडाध्यक्ष बाबुराम अधिकारीले सहभागिताहरु आफैले छानेको तालिम भएकोले सहभागिताहरु स्वंयम केही गर्न सक्षम हुन सक्ने भन्दै तालिम सम्पन्न पश्चात् आफै व्यवसाय गर्न आग्रह गर्नुभयो । सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिएको बताउँदै वडाध्यक्ष अधिकारीले तालिम लिए पश्चात् महिला दिदिबहिनीहरु स्वरोजगार र आत्म निर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने बताउनु भयो ।
त्यसैगरी ब्युटिपारर्लर तालिमकी प्रशिक्षक उमा पुनले सिटिइभिटी बाट मान्यता प्राप्त गौमुखी इन्स्टिच्युट अफ् टेक्नोलोजी प्राइभेट लिमिटेड भालुवाङ दाङ र गढवा गाउँपालिका १ नम्बर वडा कार्यालयको सहयोगमा सञ्चालित तिन महिने कटाई सिलाई, बेसिक ब्युटिपारर्लर र बेसिक कम्प्युटर शिक्षा तालिम दिईएको छ ।
बेसिक ब्युटिपारर्लरको प्रमुख प्रशिक्षकमा उमा पुन, तिन महिने कटाई सिलाई तालिमको प्रशिक्षकमा अब्दुल ओकिल दर्जी र बेसिक कम्प्युटर शिक्षा तालिमको प्रशिक्षकमा शुसिला केसी रहनु भएको थियो ।
वडा नं. १ का वडा अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
गौमुखी इन्स्टिच्युट अफ टेक्नोलोजी प्राली भालुवाङ दाङका केशर केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण मधुसुदन केसीले गर्नुभएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिका न्यायीक समिति सदस्य देवीलाल थारु कुमाल, जनता माध्यमिक विद्यालय कालाकाटेका प्रधानाध्यापक बासुदेब बेल्बासे, प्रतिष्ठा एकेडेमीका प्रिन्सिपल दिपक पोख्रेल, गौमुखी इन्स्टिच्युट अफ टेक्नोलोजीका केसर केसी, लगायतकाको उपस्थिति रहेको थियो ।